आमा नै खुवाउँछिन् छोरालाई लागु औषध

ByBibas chetan

८ जेष्ठ २०७६, बुधबार १९:१० ८ जेष्ठ २०७६, बुधबार १९:१० ८ जेष्ठ २०७६, बुधबार १९:१०

काठमाडौ – काठमाडौंमा एक महिलाले आफ्नै छोरालाई लागू औषध सेवन गराउने गरेको खुलासा भएको छ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले काठमाडौं महानगरपालिका वडा नम्बर १६ की ५० वर्षीया सावित्री श्रेष्ठले भारतीय सिमाबाट लागू औषध मगाई आफ्नै घरबाट बिक्री वितरण गर्ने क्रममा उनका छोराहरुले पनि सेवन गर्ने गरेको पाइएको जानकारी गराएको हो ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी व्यूरोका एसएसपी बसन्तकुमार लामाले घरबाटै लागू औषध विक्री वितरण गर्ने क्रममा निज श्रेष्ठका दुई वटा छोराहरु पनि लागू औषधको लतमा फसेको अनुसन्धानको क्रममा खुल्न आएको जानकारी दिनु भयो । गत मंगलबार निज श्रेष्ठलाई प्रहरीले लागू औषध नियन्त्रित मनोद्धिपक लागू औषधहरु डाइजेपाम, बुप्रेनोर्फिन, फेनार्गन जस्ता लागू औषध विक्री वितरण गरी संकलन गरेको १ लाख ४१ हजार रुपैयाँसहित नयाँ बसपार्कबाट पक्राउ गरेको थियो ।

प्रहरीले श्रेष्ठको कोठाबाट डाइजेपाम ६७० एम्पुल, बुप्रेनोर्फिन ५६१ एम्पुल, फेनार्गन ५६० एम्पुल पनि बरामद गरेको छ । त्यसैगरी प्रहरीले लागू औषध चरेशसहित झापाका संजय दर्जी, मनोज दर्जी, धनकुटा घर भई हाल सुनसरीको इटहरी बस्दै आएका कुमार गुरुङलाई पनि पक्राउ गरेको छ ।

एसएसपी लामाले उनीहरुलाई १७ केजी चरेशसहित झापा जिल्लाको टोकला चिया बगानबाट पक्राउ गरिएको जानकारी दिनु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!