जीवनकाे गन्तव्य पुग्न यसो गर्नुपर्छ

ByBibas chetan

९ भाद्र २०७६, सोमबार ०६:०२ ९ भाद्र २०७६, सोमबार ०६:०२ ९ भाद्र २०७६, सोमबार ०६:०२

१. आफ्नो लक्ष्य निर्धारण गर्नुहोस् र सधै त्यसमा कठिबद्द भएर लाग्नुहोस् ।

२. धैर्यशिल रहनुहोस् । एक रात मै सफल हुन सकिदैन भन्ने तथ्य बुझ्नुहोस् र लगातारको मेहनतले नै सफलता देखाउने छ ।

३.  डरलाई सधैभरि जित्नुहोस । म सफल बन्दिन, यो काम गर्न सक्दिन, ममा खुबि र दक्षता नै छैन, म अरुजस्तो छैन भन्ने भावनालाई आजैदेखि मनमा नराख्नुस् ।

४. धेरै सोचेर र प्लान गरेर नबस्नुहोस् । कुनै काम गर्नु छ भने त्यसलाई तरुन्तै सम्पन्न गर्नुहोस् ।

५. सधै खुल्ला सोच राख्नुहोस् । जीवनमा सफलता पाउन धरै बाटाहरु रहेको तथ्य नभुल्नहोस् । एउटा बाटोबाट फेल भए अर्को बाटो पहिल्याउनुहोस् ।

६. सफल व्यक्तिको जीवनीबाट पाइने एउटा ज्ञान भनेको ‘स्याक्रिफाइज’ हो । त्यसैले केही ठूलो पाउन स–साना कुरा गुमाउनपर्छ भनेर नडराउनुहोस् । त्यस्तै टिभी, इन्टरनेट, अनावश्यक घुमघाम र खराब बानीबाट टाढा बस्नुहोस्  ।

७. आफू सहि बाटोमा छु कि छइन भनेर सधैभरी सचेत रहनुहोस् । यदी गलत बाटोमा हुनुहुन्छ भने जति मेहनत गरेपनि त्यसले तपाईको लक्ष्यमा केही महत्व राख्दैन ।

८. लक्ष्यमा पुग्न आफूले कति बाटो हिड्न बाकी छ भन्दा पनि कति बाटो हिडिसके भनेर सधैभरी ख्याल राख्नहोस् । यसले एकातर्फ आफूले गरेको मेहनत सम्झाउँछ भने अर्कोतर्फ लक्ष्यमा पुग्न थप उर्जा र प्रेरणा दिन्छ ।

९. सधैभरि आफूलाई बुझ्ने र सहयोग गर्ने साथीहरुको माझमा मात्र बस्नुहोस् । परिवारसँग खुलेर रहनुहोस् । मनमा कुरा गुम्साएर नराख्नुहोस् ।

१०. मानिसलाई सफलताको लागि पैसाको पनि आवश्यकता पर्छ । आपूmसँग भएको पैसा सधै सही ठाउँमा मात्र प्रयोग गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!