सबै सामू आफ्ना कुरा राख्ने सजिला टिप्सहरू

ByBibas chetan

२० भाद्र २०७६, शुक्रबार २०:०९ २० भाद्र २०७६, शुक्रबार २०:०९ २० भाद्र २०७६, शुक्रबार २०:०९

कतिपय मानिस एकअर्कामा कुराकानी गर्नु पर्‍यो भने हिच्किचाउने गर्दछन् ।  यदि तपाईमा पनि यि समस्या छन् भने कुराकानीको शुरुवात कसरी गर्ने भन्नेबारे केहि टिप्स दिदैछौ ।

१. कुराकानी गर्न असहज लागेको छ भने भेट्नासाथ सर्वप्रथम मनको डर हटाउनुहोस् । मौसम, यात्रा, वा हालखबरबाट कुरा शुरु गर्नुहोस् ।

२. त्यसपछि बिस्तारै कुरा गर्ने मानिसको भावना बुझेर सोहि अनुसारको कुरालाई महत्व दिनुहोस् । आफ्नो रुचि भन्दा कुरा गरिरहेको मानिसको बारेमा जान्न सजग हुनुहोस् ।

३. यदि कुरा गर्दै जादा बिषयहरु सकिए भने बाल्यकालका सम्झना, आगामि दिनको योजना, तत्कालको बिषय लगायको कुरा गर्दा कुरा गर्ने मानिस तपाईसँग खुलेर कुरा गर्दछन् ।

४. कुराकानीको बीचमा उनीहरुको शब्द तथा ब्यवहारलाई समेत ख्याल गर्नुहोस् । तपाईसँग कुराकानी गर्दा मोवाइल वा अन्यत्र ध्यान दिएमा बिस्तारै कुराकानी बन्द गर्नुहोस् ।

५. यदि कुरा गर्दा तपाईहरु नजिक हुनुहुन्छ भने त्यसलाई दुरी बनाउनुहोस् । जसले दुबैले एकअर्कालाई हेर्न सकियोस् । धेरै नजिक उभिएर बोल्दै हुनुहुन्छ भने कुरा गर्ने ब्यक्तिलाई असहज हुनसक्छ ।

५. यदि कुराकानीको बीचमा अर्को ब्यक्तिको ध्यान तपाईतिर छैन भने रमाइला प्रसँग निकाल्नुहोस् । तर अश्लिल वा हाउभाउ नबनाउनुहोस् ।

६. यदि तपाईसँग कुराकानीमा घुलमिल हुदै गएको छ भने निश्चित छ भने केहि जिस्काउन समेत सकिन्छ । तर नाता, परिस्थिती र मुडलाई ध्यान दिनुपर्ने हुन्छ । यदि सहज छ भने यसले उनीहरुसँग नजिकिन मद्दत गर्छ ।

७. बोल्दै जादा उनीहरुसँग आत्मिय ब्यवहार गर्नुहोस् । महिला तथा वृद्धहरु आफ्ना कुरा सुनाउन खोज्दछन्, त्यसलाई पुर्ण सुन्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!