विलियम जेम्‍सका विश्‍व चर्चित भनाइहरू

ByBibas chetan

७ मंसिर २०७६, शनिबार ०८:३० ७ मंसिर २०७६, शनिबार ०८:३० ७ मंसिर २०७६, शनिबार ०८:३०

-बुद्धिमान हुनुको कला केलाई बेवास्ता गर्नुपर्छ भन्ने जान्नु हो।
-कुनै पनि पुस्ताको सबैभन्दा ठूलो उपलब्धी भनेको एउटा व्यक्तिले आफ्नो मनोवृत्ति बदलेर आफ्नो जीवन बदल्न सक्नु हाे  ।
-हामी समुन्द्रका टापुहरू जस्तै छौँ , सतहमा अलग तर गहिराइमा जडित।
-तनाव विरुद्धको सबैभन्दा ठूलो हतियार भनेको एउटा सोचको सट्टा अर्को सोचलाई छान्न सक्ने क्षमता हो।
-जिन्दगीसँग नडराउ। विश्वास गर कि जिन्दगी बाँच्न लायक छ अनि तिम्रो विश्वासले नै त्यसलाई वास्तविकता बनाउन सहयोग गर्नेछ।
-तिमी जहाँ भए पनि ति तिम्रा साथीहरू हुन् जसले तिम्रो संसार बनाउँछन्।
-हामी खुशी हुनुको कारणले हाँस्दैनौ, हामी हाँस्नुको कारणले खुशी हुन्छौं।
-संसारप्रतिको हाम्रो दृष्टिकोण हामीले के सुन्ने निर्णय गर्छौँ त्यसले आकार दिन्छ।
-मानव, आफ्नो दिमागको भित्री मनोवृत्ति परिवर्तन गरेर, आफ्नो जीवनको बाहिरी पक्षहरू परिवर्तन गर्न सक्दछ।
-यदि तिमीलाई विश्वास लाग्छ कि नराम्रो महसुस गरेर वा धेरै बेरसम्म चिन्ता लिएर तिम्रो विगत वा भविष्यका घटनाहरू बदल्न सकिन्छ भने तिमी अर्कै ग्रहमा बसिराखेको छौ जहाँ भिन्न वास्तविकताको व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!