जोन वुडनका महान भनाइहरू

ByBibas chetan

६ पुष २०७६, आईतवार ०८:५२ ६ पुष २०७६, आईतवार ०८:५२ ६ पुष २०७६, आईतवार ०८:५२ #john-wooden, #जोन वुडन, #भनाइहरू, #भनाईहरु

-तपाईं जीवनमा जे पनि गर्नुहुन्छ, आफूसँग झगडा गर्ने स्मार्ट व्यक्तिहरूसँग आफूलाई घेर्नुहोस् ।
-प्रतिभा ईश्वरले दिएको हो, त्यसैले नम्र हुनुहोस् । प्रख्याति मानवले दिएको हो, त्यसैले कृतज्ञ हुनुहोस् । अहंकार स्वयंले दिएको हो, त्यसैले होस् गर्नुहोस् ।
-प्रत्येक दिनलाई तपाईंको उत्कृष्ट कृति बनाउनुहोस् ।
-यदि तपाईं गल्ती गरिरहनु भएको छैन भने तपाईंले केही गर्नुहुन्न । म यो मान्छु कि केही गर्ने व्यक्तिले गल्ती गर्छ ।
-आफैंमा सत्यनिष्ठ हुनुहोस्, अरुलाई सहयोग गर्नुहोस्, प्रत्येक दिनलाई तपाईको उत्कृष्ट कृति बनाउनुहोस् र मित्रतालाई राम्रो कला बनाउनुहोस् ।
-साँचो मनको शान्तिमा पुग्न थुप्रै कुरा अत्यावश्यक छ र सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको विश्वास हो जुन प्रार्थनाबिना प्राप्त गर्न सकिन्न ।
-यदि तपाईंसँग केही गर्न सही समय छैन भने, तपाईंसँग त्यो गर्न कहिले समय हुन्छ ?
-तपाईले आफूले सकेजति उत्तम बन्नका लागि आफूले सक्दो प्रयास गरेको कुरा थाहा पाउँदा सफलता प्राप्त हुन्छ ।
-सफलता कहिल्यै अन्तिम हुँदैन र असफलता कहिल्यै घातक हुँदैन ।
-सफलता भनेको मनोशान्ति हो जसले तपाईलाई आत्मसन्तुष्टिको अनुभूति गराउँछ ।
-एक कोच त्यस्तो व्यक्ति हो जसले असन्तोष उत्पन्न नगरी सुधार दिन सक्छ ।
-मसँग सबैभन्दा राम्रो प्रतिस्पर्धा भनेको पहिलेभन्दा राम्रो हुनु हो ।
-संसारमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परिवार र प्रेम हो ।
-नयाँ किताबहरूको सबभन्दा नराम्रो कुरा यो हो कि ती हामीलाई पुराना पुस्तकहरू पढ्नबाट रोक्छन् ।
-जोश क्षणिक हुन्छ भने प्रेम चिरस्थायी हुन्छ ।

0 thoughts on “जोन वुडनका महान भनाइहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!