१. कमजोर मान्छेहरू तपाईका महत्वकांक्षामाथि प्रहार गर्छन् । शक्तिशाली मान्छेहरू भने सफल बनाउन उत्प्रेरित गर्दछन् ।
२. जसले समस्याको उपयोग गर्न सक्छ उसले सफलतालाई छुन सक्छ
३. हामी कसैले पनि भूतकाल बदल्न सक्दैन तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।
४. असफलताका दुइ कारण छन् – एक, कसैको सल्लाह नमान्नु र अर्को सबैको सल्लाह मान्नु ।
५. साना कुरामा भरोसा गर्नेहरूले सानै कुरामा जिन्दगी दिन्छन्, ठूला कुरामा भरोसा गर्नेहरूले ठूलै कुराको लागि जिन्दगी दिन्छन् ।
६. जीवनकै सबभन्दा ठूलो प्रश्न यो छ कि तपाई महान् कार्य गर्ने निर्णय हृदय भित्रैबाट लिन सक्नुहुन्छ कि हुन्न ?
७. औसत मानिस भइ बाँच्नु घातक कार्य हो ।