समानतासम्बन्धी भनाइहरू

ByBibas Kulung

६ जेष्ठ २०७८, बिहीबार १९:१८ ६ जेष्ठ २०७८, बिहीबार १९:१८ ६ जेष्ठ २०७८, बिहीबार १९:१८ #प्रेरक भनाई, #महान भनाई, #राम्रा भनाई, #विवश कुलुङ, #समानतासम्बन्धी भनाइहरू
  • कोही पनि कानूनभन्दा माथि वा यसभन्दा तल हुनुुहुन्न । –थियोडर रोजोभेल्ट
  • मानवको हमेसा स्वतन्त्र तथा समान रुपमा जन्म हुन्छ र निरन्तर यही प्रकारमा रहन्छ । –फ्रान्सको नागरिक अधिकारको घोषणा, १७८९
  • हामी समानतालाई स्वयसिद्ध मान्दछौँ कि मानिस समान रुपमा जन्म लिन्छन् । अमेरिकी स्वतन्त्रताको घोषणा, १७७६
  • प्रत्येक मानिसले अर्को व्यत्तिलाई प्राकृतिक रुपमा आफू समान सम्झनुपर्दछ । थोमस हब्स
  • जबसम्म मानव योग्यता र आवश्यकतामा असमानता रहन्छन्, तबसम्म व्यवहारमा समानता असम्भव हुन्छ । ह्यारोल्ड जे. लास्की
  • सुसंस्कृत मानिस नै समानताको सच्चा प्रचारक हो । मैथ्यु आर्नोल्ड
  • मलाई केक खाने कुनै अधिकार हुनुहुँदैन, जबसम्म मेरो छिमेकी सुख्खा रोटिविना गुजारा गरिरहेका हुन्छन् । ह्यारोल्ड जे. लास्की
  • आफूलाई अरुसँग समानताको परिचय देऊ । जस्तो तिनीहरु छन्, त्यस्तै म छु, जस्तो म छु, त्यस्तै तिनीहरु प्नि छन् । गौतम बुद्ध
  • आर्थिक समानताको अभावमा राजनीतिक स्वतन्त्रता एउटा भ्रम मात्र हो । कोल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!