गौतम बुद्ध कुनै बगैंचामा विश्राम गरिरहेका थिए । तब बच्चाको एक झुन्ड त्यहाँ आए । आँप फलेको थियो । उनीहरुले आँपको रुपमा ढुंगा प्रहार गरे । रुखबाट पाकेको आँप झर्यो । एवं रितले उनीहरु ढुंगा बर्साउदै आँप झार्न थाले ।
यसै क्रममा एउटा ढुंगा बुद्धको खुट्टामा बज्रन आइपुग्यो । ढुंगाको प्रहारले बुद्धको खुट्टामा घाउ भयो । रगत बग्न थाल्यो । बुद्धको यस्तो अवस्था देखेर त्यहाँ उपस्थित बच्चाहरु डराए, भयाभित भए ।
बच्चाहरुले माफी मागे, ‘हामीबाट ठूलो गल्ती भयो । हाम्रै कारण तपाईको खुट्टामा ढुंगा लाग्यो र घाउ भयो । हाम्रो कारणले तपाई दुखी हुनुभयो ।’
बुद्धले उदेक मान्दै जवाफ दिए, ‘वास्तवमा म दुुखी छु । कारण के भने, तिमीहरुले रुखमा ढुंगा हान्यौं, त्यसले तिमीहरुलाई मिठो आँप दियो । तर, मलाई ढुंगा लाग्यो, मैले केवल तिमीहरुलाई डर, त्रास दिएँ । फल दिन सकिन ।’
![](https://bibaskulung.com.np/wp-content/uploads/2021/06/afnonews.jpg)
राम्रो सहि भनाई हो।