१. जुन काम तपाईं आज गर्न सक्नुहुन्छ त्यो काम भोलिका निम्ति नछोड्नुस् । – वेन्जामिन फ्रेंकलिन
२. जित्नेहरू कुनै फरक काम गर्दैनन्, उनीहरू हरेक काम फरक ढंगले गर्दछन् । – शिव खेडा
३. त्यो काम रोज जुन तिमीलाई हृदयदेखि नै मन पर्दछ, त्यसपछि तिमीलाई जिन्दगीभर एक दिन पनि काम गर्नुपर्नेछैन । – कन्फ्युसियस
४. यदि तपाई सत्य बोल्नुहुन्छ भने तपाईलाई कुनै पनि कुरा याद राख्नुपर्नेछैन । – मार्क ट्वेन
५. गल्ती गर्नु मानवीय कर्म हो भने क्षमा गर्नु इश्वरीय कर्म । – अलेक्जेण्डर पोप
६. तपाईको अनुमतीविना कसैले तपाईको अपमान गर्न सक्दैन । – इलेनोर रूजवेल्ट
७. आफू नै त्यो परिवर्तन बन जुन तिमी संसारमा देख्न चाहन्छौ । – महात्मा गान्धी
८. लडाइमा कुकुरको आकारले कुनै महत्व राख्दैन, महत्व त लड्ने क्षमताले राख्दछ । – मार्क ट्वेन