-भ्रष्टाचारी भएको मुलुकमा स्वतन्त्रता धेरै दिन टिक्दैन।– एडमण्ड वर्क
-जस्तो भए पनि विहे गर । पत्नी असल मिले तिमी खुसी हुनेछौ, खराब मिले दार्शनिक । – सुकरात
-लापरवाहीसँग जंगलमा फालिएको एक सानो झिल्कोले पनि आगलागी हुन सक्छ । तर आवश्यकताको बेला चुल्हो सल्काउन पुरै बट्टा चाहिन्छ । – अज्ञात
-व्यवहारले चिनिन्छ व्यक्ति, महङ्गो गहना र कपडा त डमीले पनि लगाएको हुन्छ ।
-जसले हर परिस्थितिमा पनि हार्न र बिचलित हुँदैन उ नै सफल हुन्छ ।
-मान्छेको सबैभन्दा असल साथी उसका दश औला हुन। -रर्वट कोलियर
-मरेपछि पिण्ड दिने छोराभन्दा जिउँदै हुँदा सम्मान दिने छोरी धेरै असल हुन्छिन् ।
-भोको पेट,खाली गोजि र झुठो प्रेमले मान्छेलाई धेरै कुरा सिकाएर जान्छ।