–जे भयो, राम्रो भयो । जे हुँदैछ त्यो राम्रो हुँदैछ । जे हुनेछ, त्यो पनि राम्रो हुनेछ ।

–जुन कुरा आज तिम्रो त्यो भोलि अरु कसैको हुनेछ । किनभने परिवर्तन नै संसारको नियम हो ।

–जीवन न भविष्यमा छ, न अतितमा । जीवन त वस् यही पलमा छ ।

–जन्म लिएपछि मृत्यु निश्चित छ । जति पनि जन्मन्छन्, ति सबै मर्छन् । यसैले जुन कुरा अपरिहार्य छ, त्यसमा शोक गर्नु जरुरी छैन ।

–मान्छे विश्वासले निर्माण हुन्छ । उनीहरुले जे विश्वास गर्छन्, त्यही बन्छन् ।

–कर्म गर, फलप्रति आशक्ति नराख ।

–सधै सन्देह गरिरहने मान्छेको लागि सुख न यो लोकमा छ, न परलोकमा ।

–मन अशान्त छ यसलाई नियन्त्रण गर्न कठिन छ, तर अभ्यासद्वारा मनलाई आफ्नो वसमा राख्न सकिन्छ ।

–जुन व्यक्तिले सबै इच्छा त्याग गर्छ । म र मेरो भन्ने लोभ एवं भावनाबाट मुक्त हुन्छन् । उसलाई अपार शान्ति प्राप्त हुन्छ ।

–धर्तीमा जसरी मौसम बद्लिन्छ, उसैगरी जीवनमा सुख र दुख पनि आउने जाने भइरहन्छ ।

–इतिहास भन्छ हिजो सुख थियो । विज्ञान भन्छ, भोलि सुख हुनेछ । तर, अध्यात्म भन्छ, यदि मन सफा र स्वच्छ भने हरक्षण सुख छ ।

–जस्तो व्यवहार अरुले गर्दा तपाईंलाई रुचीकर लाग्दैन, त्यस्तो व्यवहार तपाईंले पनि अरुको लागि गर्नु उचित हुँदैन ।

–केवल मान्छेको मन नै कसैको सत्रु वा मित्र हुन्छ ।

-न यो शरीर तिम्रो हो । न तिमी यो शरीरका हौ । यो शरीर त पञ्च तत्वले बनेको छ, आगो, जल, वायु, पृथ्वी र आकास । एक दिन यो शरीर यही पञ्चतत्वमा विलिन हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!