प्रतिनिधिसभा बैठक, विपक्षीको डरले सूचना टाँसेर स्थगित

ByBibas chetan

४ श्रावण २०७५, शुक्रबार १०:०२ ४ श्रावण २०७५, शुक्रबार १०:०२ ४ श्रावण २०७५, शुक्रबार १०:०२

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशदेखि संघीय संसद्सम्म अवरुद्ध गर्ने चेतावनी दिएपछि बिहीबारका लागि निर्धारण गरिएको प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । प्रतिनिधिसभामा चिकित्सा शिक्षा विधेयक पेस गर्ने कार्यसूची रहे पनि बैठकअगावै बिहान सूचना टाँसेर स्थगित गरिएको हो ।

सभामुख कृष्णबहादुर महराले विशेष कारण भन्दै संसद् बैठक स्थगित गरेको सूचना टाँस गरेका हुन् । बिहीबार १ बजे बोलाइएको बैठकमा समेत कांग्रेसले विरोध गर्ने घोषणा गरेपछि सभामुख महराले सरकारको आग्रहमा बैठक नै स्थगित गरेको संसद् सचिवालय स्रोतले जनाएको छ । सरकारले चिकित्सा शिक्षा विधेयक अघि बढाएपछि कांग्रेसले संसद् अवरुद्ध पार्दै आएको छ । यसमा राजपा र नयाँ शक्ति पनि सामेल हुने भएका छन् ।

सरकारले प्रतिनिधिसभामा चिकित्सा शिक्षा विधेयक पेस गर्ने तयारी गरे पनि व्यापक विरोध भएपछि सोमबारको बैठकको कार्यसूचीबाट हटाइएको थियो । कार्यसूचीबाट हटाए पनि विधेयक संशोधनसहित दर्ता हुनुपर्ने मागसहित नेपाली कांग्रेससहितका प्रतिपक्ष दलले विरोध गर्ने तयारी गरेका थिए । याे खबर अाजकाे राजधानी दैनिकले लेखेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!