ट्रिपर दुर्घटना हुदा एकको मृत्यु, एक घाईते

ByBibas chetan

८ भाद्र २०७५, शुक्रबार ०७:२४ ८ भाद्र २०७५, शुक्रबार ०७:२४ ८ भाद्र २०७५, शुक्रबार ०७:२४

सल्लेरी, भदौ ८ गते सोलुखुम्बुमा ट्रिपर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ एक जना गम्भिर घाईते भएको छ निर्माणधिन तल्लो सोलु जलविद्युत आयोजनाको ६ चक्के ट्रिपर विहिबार साँझ दुर्घटना भएको हो सोलुदुधकुण्ड नगरपालिका–११ तिङलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी तथा प्रहरी निरीक्षक नविन राईले बताउनु भयो
दुर्घटनामा परि गम्भिर घाईते भएका भारतको पस्चिम बङगाल कोचविहारका २९ वर्षिय पवित्र पालको उपचारको क्रममा सोलु अस्पताल फप्लुमा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै भारत सिक्कीम अपनेङचे निवासी २८ वर्षिय सञ्जय सुब्बाको टाउकोमा गम्भिर चोट लागेको हुदा फाप्लु अस्पतालमा समान्य उपचार गरि थप उपचारका लागि काठ्मान्डौ लाने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!