भिख माग्दा अढाई सय अमेरिकी डलर जरिवाना

ByBibas chetan

१३ भाद्र २०७५, बुधबार १९:५१ १३ भाद्र २०७५, बुधबार १९:५१ १३ भाद्र २०७५, बुधबार १९:५१
https://bibaskulung.com.nphttps://bibaskulung.com.np

एजेन्सी । दक्षिण अष्ट्रेलियामा भिख माग्नेलाई अढाई सय अमेरिकी डलर बराबरको रकम जरिवाना हुन्छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । अष्ट्रेलियाका राज्य अनुसार भिख माग्ने सम्बन्धी फरक फरक व्यवस्था भएसँगै त्यहाँका अपराधको श्रेणीमा राखेर कडा सजायको व्यवस्था अख्तियार गरिएसँगै भिखारीहरु समेत अप्ठ्यारोमा परेका छन् । नेपालमा हालै लागू भएको नयाँ ऐनले भिख माग्नेलाई समेत सजायको व्यवस्था गरिरहेका बेला चीनमा भिख माग्ने तथा माग्न लगाउने मानिसलाई १० देखि १५ दिनसम्म जेलमा राखिने नियम अक्षरस लागू गरिएसँगै भिखारीहरु मर्कामा परेका छन् ।

सन् २००३ को सार्वजनिक शान्ति सुव्यवस्था ऐनले फिनल्याण्डमा भिख माग्न कार्यलाई गैरकानूनी घोषित गरेको थियो भने डेनमार्कमा भिख माग्नु स्थानीय दण्ड संहिताको धारा १९७ का अनुसार गैरकानूनी हुन्छ । त्यसरी भिख माग्नेलाई ६ महिनासम्मको जेल सजाय हुने अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!