थामखर्क विमानस्थल सुचालु

ByBibas chetan

२८ माघ २०७५, सोमबार १९:३१ २८ माघ २०७५, सोमबार १९:३१ २८ माघ २०७५, सोमबार १९:३१

खोटाङ माघ–२८, खोटाङको थामखर्क विमानस्थल कालोपत्रेसँगै सुचालु भएको छ । कालोपत्रे भएसँगै स्थानीय हर्षित भएका छन् । खोटेहाङ गाउँपालिका–४ मा रहेको विमानस्थलको कालोपत्रेको काम सकिएसँगै आज परिक्षण उडान सफल भएको छ ।
नेपाल नागरिक उड्यान प्राधिकरणको नौ करोड २५ लाख २९ हजार रुपैंयाँमा कालोपत्रेको काम सम्पन्न भएपछि पर्यटनमन्त्री रविन्द्र अधिकारी लगायतका टोली सहित निगमले परीक्षण उडान भरेको हो । उक्त विमान स्थलको कालोपत्रेको काम रौता कन्ट्रक्सनले जिम्मा लिएको हो ।
परीक्षण उडानपछि उद्घाटन कार्यक्रममा बोल्दै पर्यटनमन्त्री रविन्द्र अधिकारीले थामखर्क विमानस्थल मुलुकभर सञ्चालनमा आएका ३२ औं भएको उल्लेख गर्दै यसको अन्य संरचनाका लागि सरकार प्रतिबद्ध रहेको जनाउनुभयो ।
नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले थामखर्क विमानस्थलमा हप्तामा दुई चोटी उडान भर्ने गरी तालिका निर्माण गरिने जनाउनुभयो । नागरिक उड्यान प्राधिकरणका महानिर्देशक सन्जीव गौतमले थामखर्क विमानस्थलका लागि आवश्यक संरचना सबै निर्माण गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!