यि बालिकाकाे तौल एउटा स्याउजति

ByBibas chetan

१७ जेष्ठ २०७६, शुक्रबार १२:०७ १७ जेष्ठ २०७६, शुक्रबार १२:०७ १७ जेष्ठ २०७६, शुक्रबार १२:०७

अमेरिकाको एक अस्पतालमा २४५ ग्रामकी एक बालिकाको जन्मिएकी छिन् जसलाई ‘विश्वकै सबभन्दा सानो आकारको बालिका’ भनी सार्वजनिक गरिएको छ।

बालिकाको नाम सेबी राखिएको छ। बालिका जन्मिएको समयमा उनको तौल एउटा स्याउको जत्रो थियो । गएको वर्ष २०१८ को डिसेम्बर महिनामा बालिकाको जन्म भएको थियो । बालिका २३ हप्ता ३ तीनमै जन्मिएकी थिइन् ।

बालिका जीवितै रहने आशा निकै कम थियो । उनलाई क्यालिफोर्नियाको स्यानडिएगोमा रहेको सार्प मेरि बर्च अस्पतालमा राखिएको थियो । त्यतिबेला डाक्टरहरुले उनका आमाबाबुलाई बालिका केही समयमात्र जिवित रहन सक्ने बताएका थिए ।

५ महिनासम्मको कडा निगरानीमा उपचारपछि उनी अहिले स्वस्थ भई डिस्चार्ज गरिएको बीबीसीले उललेख गरेको छ। बालिकाकाे तौल अहिले साढे दुई किलो भएको जनाइएको छ।

द टिनिएस्ट बेबी रजिस्ट्रिका अनुसार समयभन्दा पहिले नै जन्मिएकी सेबी विश्वकै सबभन्दा सानी बालिका भएको बताइएको छ ।

आयवा युनिभर्सिटीद्वारा सञ्चालित रजिस्ट्रीका अनुसार यो भन्दा पहिले सन् २०१५ मा जर्मनीका एक बालकको नाम थियो जसको ताैल २५२ ग्राम थियो ।

यो वर्षको सुरुवातमा नै जापानमा एक बालकको जन्म भएको थियो, जसको तौल २६८ ग्राम थियो । समय भन्दा पहिला नै जन्मिएको सबैभन्दा सानो बालक उसैलाई मानिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!