सगरमाथा सम्बन्धी विश्व रेकर्डहरू

ByBibas chetan

१८ जेष्ठ २०७६, शनिबार ०६:२४ १८ जेष्ठ २०७६, शनिबार ०६:२४ १८ जेष्ठ २०७६, शनिबार ०६:२४
  • १९२२ मा हिमपहिरोमा परी सात जना शेर्पा शेर्पाहरूको मृत्यु भएको थियो ।
  • मे २९ १९५३ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथा शिखरमा पाइला राखेका हुन् ।
  • मे २० १९६५ मा दुई पटक हिमाल चढ्ने ङ्वाङ गोम्बु शेर्पा हुन् । १७ जना आरोहीहरूमा उनी दुई पटक आरोहण गर्ने ११औँ व्यक्ति हुन् ।
  • मे १६ १९७५ मा जापानकी जूनको तावेइ सगरमाथा शिखर चुम्ने पहिलो महिला बनिन् ।
  • १९७८ मे ८ मा अक्सिजनबिना आरोहण गर्ने पहिलो व्यक्ति अस्ट्रियाका पिटर र इटलिका राईनहोल्ड ह्याबलर हुन् ।
  • क्रिस्तोफ वुईलिकी सन फेबु्रवरी १७, १९८० मा जाडो महिनामा सगरमाथा आराहण गर्ने पहिलो व्यक्ति हुन् ।
  • अक्टोबर १४ १९८८ मा न्युजिल्यान्डका लेडिया ब्राडि बिनाअक्सिजन सगरमाथा आरोहण गर्ने पहिलो महिला हुन् ।
  • पहिलोपटक विवाहित जोडीले एकसाथ सगरमाथा आरोहण गरेको कीर्तिमान स्लोभाकीयाली नागरिक आन्द्रेज र मारिजा स्ट्रीमफेलीजले ७ अक्टोवर १९९० मा राखेका थिए । मारिजा स्लोभेकियाकी पहिलो महिला आरोहीसमेत हुन् ।
  • बाबुछोराद्वारा सगरमाथाको आरोहणको कीर्तिमान फ्रान्सेली नागरिक जेन नोइल रोसे र उनका छोरा रोसे बर्टट्रेन्डको नाममा छ । ७ अक्टोवर १९९० मा आरोहण सकेर फर्कने क्रममा उनीहरू साउथ कोलबाट टेन्डम (जोडी) प्याराग्लाइडिङ गर्दै आधार शिविरमा झरेका थिए ।
  • सन् १९९२ मा दुई स्पेनिस दाजुभाइ अल्ब्रेटो र फ्लिक्सले एकसाथ आरोहण गरी सहोदर दाजुभाइले आरोहण गरेको कीर्तिमान राखेका छन् ।
  • २३ अप्रिल १९९३ मा पहिलोपटक नेपाली चेलीले सगरमाथा आरोहण गरेको कीर्तिमान बन्यो । पासाङ ल्हामु शेर्पाले उक्त कीर्तिमान राखिन् । आरोहण पूरा गरी झर्ने क्रममा उनको निधन भयो ।
  • सन् १९९८ मा अमेरिकी नागरिक थोमस हृवीटकर सगरमाथा चढे । उनको एक खुट्टा कृत्रिम थियो ।
  • मे १६, २००७ मा मानव इतिहासमा पहिलोपटक आप्पा शेर्पा र लाक्पा गेलु शेर्पाद्वारा संयुक्तरुपमा ‘सगरमाथा आधार शिविरबाट’ नामक पुस्तक सगरमाथा शिखरबाट विमोचन गरियो । जसका लेखक प्रतीक ढकाल हुन् । सोही दिन कामीरिता शेर्पा, सोनम शेर्पा, लाक्पा शेर्पा, गेल्जे शेर्पा र दा छम्बा शेर्पाले सयुक्त रुपमा अर्को किताब साझा प्रकाशनद्वारा प्रकाशित ‘सेती पानी काली पानी’ नामक पुस्तक विमोचन गरेका थिए । जसको लेखक पनि प्रतीक ढकाल नै हुन् ।
  • नेपालका बाबुछिरी शेर्पा सगरमाथा चुचुरोमा रात बिताउने एक मात्र आरोही हुन् । सन् १९९९ मा उनले चुचुरोमा २१ घण्टा बिताएका थिए । त्यसबेला उनले सबैभन्दा छिटो आरोहण (१६ घण्टा ५६ मिनेट) को पनि कीर्तिमान राखेका थिए । अहिले भने सबैभन्दा छिटो आरोहण गर्ने कीर्तिमान पेम्बा दोर्जी शेर्पाको नाममा छ । उनले २१ मे २००४ मा ८ घण्टा १० मिनेटमा आधार शिविरबाट चुचुरोमा पुगेको कीर्तिमान बनाएका छन् ।
  • नेपालका लाक्पा शेर्पा सगरमाथा शिखरमा पुग्ने दोस्रो महिला बनिन्् मे १८, २००० मा ।
  • नेपाली जोडी मोनी मुलेपाती र पेम दोर्जीले ३० मे २००५ मा एकसाथ सगरमाथा आरोहण गरे र चुचुरोमै विवाह गरे ।
  • खुम्जुङ ९ सोलुखुम्बूका लाक्पा थार्के शेर्पा जो २५ वर्षका थिए, २४ मे २००६ मा सफल आरोहणपछि चुचुरोमा पुगेर निर्वस्त्र हुने आरोही हुन् लाक्पा थार्के शेर्पा । माइनस ४० डिग्री तापक्रम रहने सगरमाथा चुचुरोमा उनी ४ मिनेट शरीरको माथिल्लो भागको सबै कपडा फुकालेर बसेका थिए ।
  • मे ५ २००८ मा म्याग्दीका मीनबहादुर शेरचन ७६ वर्षको उमेरमा सफल आरोही बनेका छन् । उनी सगरमाथा आराहण गर्ने विश्वकै सबैभन्दा जेष्ठ आरोहीका रेकर्ड बनाउने व्यक्ति हुन् ।
  • कान्तिपुर दैनिकका संवाददता आङछिरिङ शेर्पाले मे २२, २००३ मा सगरमाथा आरोहण गरेका थिए । उनी नेपाली पत्रकारितामा पहिला आरोही बनेका हुन् ।
  • २००८ मे २२ मा ४८ वर्षको उमेरमा आप्पा शेर्पाले १८ पटक आरोहण गर्ने पहिलो नेपाली हुन् ।
  • २०११ मा आप्पा शेर्पाले २१औं पटक सगरमाथा आरोहण गरे ।
  • २०१९ मा कामीरिता शेर्पाले २४औं पटक सगरमाथा आरोहण गरेर आफ्नै नाममा भएको रेकर्ड तोडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!