नयाँ शक्ति पार्टी नेपालले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

ByBibas chetan

१ श्रावण २०७५, मंगलवार १७:४२ १ श्रावण २०७५, मंगलवार १७:४२ १ श्रावण २०७५, मंगलवार १७:४२

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै काठमाडौंमा प्रर्दशन गरेको छ । गलबार काठमाडौंको माइतीघर मण्डलामा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै प्रर्दशन गरेको हो ।

प्रर्दशनमा सरकारले महंगी नियन्त्रण गर्न नसकेको, नागरिक अधिकार हनन् हुने गरी काठमाडौंको विभिन्न स्थानमा निषेधित क्षेत्र तोक्ने काम गरेको, मेडिकल माफियाहरुलाई प्रश्रय दिने प्रयास गरेको संविधान विपरित, जनविरोधि गतिविधि गरेको आरोप लगाएको छ ।

नयाँ शक्ति पार्टी, नेपालले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!