-जीवन साह्रो दुखद हुनेछ, यदि हामीले हाँसो–ठट्टा गरेनौं भने । स्टिफन हकिङ्ग
-तपाईंका स्वास्थ्य अनि तपाईंका रोगहरु, तपाईंको आनन्द अनि दुःख कष्टहरु, सबै तपाईंभित्रबाट आउँछन् । यदि तपाईं खुसियाली चाहनुहुन्छ भने समय भएको छ, आफुभित्र फर्कन । सद्गुरु
-क्रो*ध, हर्ष, गर्व, लज्जा, उद्दण्डता तथा स्वयं को पूज्य मान्नु – यी भावनाले जुन व्यक्तिलाई पुरुषार्थ र सत्मार्गबाट भड्काउँदैन, त्यही व्यक्ति बुद्धिमान् वा पण्डित भनेर चिनिन्छन् । विदुर नीति

-परिवर्तन संसारको नियम हो । यहाँ सबैकुरा बद्लिन्छ । यसैले सुख/दुःख, लाभ/हानि, जय/पराजय, मान/अपमान आदि भेदमा एक भावमा स्थित रहेर हामीले जीवनको आनन्द लिन सक्छौं । श्रीमद्भागवत गीता
-संसारमा यस्ता व्यक्ति थोरै हुन्छन्, जो कठोर तर हितको कुरा गर्छन् । महर्षि बाल्मीकि
-पाँच वर्षसम्मको सन्तानलाई प्रेमले हुर्काउनुपर्छ । दश वर्षसम्म उनलाई कडा नियन्त्रणमा राख्नुपर्छ । जब १६ बर्षको हुन्छ, तब मित्रको जस्तो व्यवहार गर्नुपर्छ । चाणक्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!