आदिवासी किरात महासंघको अध्यक्षमा कुलुङ

ByBibas chetan

३० पुष २०७५, सोमबार १२:३० ३० पुष २०७५, सोमबार १२:३० ३० पुष २०७५, सोमबार १२:३०

काठमाडौं । आदिवासी किरात महासंघको अध्यक्षमा चन्द्रसिं कुलुङ निर्वाचित भएका छन् । काठमाडौंमा भएको चौथो राष्ट्रिय सम्मेलनले कुलुङको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा तेज नाछिरिङ, वल्लो किरात उपाध्यक्षमा नारादमणी साम्पाङ, माझ किरात उपाध्यक्षमा भलाकाजी थुलुङ र पल्लो किरात उपाध्यक्षमा के.बी. वान्तावा सर्वसम्मत निर्वाचित भएको आदिवासी किरात महासंघका महासचिव धिरेन सुस्तोचा बाहिङले बताए । त्यसैगरी महासचिवमा धिरेन सुस्तोचा बाहिङ, वल्लो किरात सचिवमा नैन सेताल्चु जेरुङ, माझ किरात सचिवमा डेगेन्द्र मेवाहाङ र पल्लो किरात सचिवमा सुजन खालिङ निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा मधुमाया मेवाहाङ, सह कोषाध्यक्षमा चाहाना थुलुङ सर्वसम्मत निर्र्वाचित भएका हुन् ।
सदस्यहरुमा प्रितम देवान, शान्ती नाछिरिङ, कविता बाहिङ, चतुरमान साम्पाङ, भद्र कला बान्तावा, रेखा कुलुङ, देव तोनीमी बाहिङ, राम कृष्णा जेरुङ, लक्ष्मी जेरुङ, दिप वालिङ सर्व सम्मत निर्वाचित भएको महासचिव बाहिङले बताए ।
महासंघको चौथौ राष्ट्रिय सम्मेलनमा राष्ट्रिय सभाका सांसद अगमप्रसाद बान्तावाको प्रमुख आतिथ्य तथा प्रतिनिधी सभाका सांसद कृष्णकुमार याक्खा राईको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा भाषाविद डा. लाल रापाचा लगायत १३ सदस्य संस्थाको अध्यक्षहरुको उपस्थिति रहेको थियो । सम्मेलनले किरात प्रदेश स्थापनामा जोड दिने, किरात विश्व विद्यालय स्थापनाका लागि सम्बन्धीत निकायमा पहल गर्ने । भिन्न भाषा संस्कृति रहेका समुदायलाई जातिय पहिचानका लागि निरन्तर पहल गर्ने लगायत ७ बुदे घोषणापत्र जारी गरेको छ ।

-सगरमाथा अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!