- सचेत नभएसम्म आवश्यकता अन्धो हुन्छ । स्वतन्त्रता आवश्यकताको चेतना हो ।
- धर्म मानव दिमागको दुर्बलता हो जसले बुझ्न नसक्ने घटनाहरुको सामना गर्छ ।
- लेखकले बाँच्न र लेख्नका लागि पैसा कमाउनुपर्छ । तर उसले पैसा कमाउने उद्देश्यले बाँच्न र लेख्न हुदैन ।
- समाज भनेको कुनै व्यक्ति होइन, तर यसले हरेक व्यक्तिको अन्तरसम्बन्ध अभिव्यक्त गर्दछ ।
- महिलाको सामाजिक स्थानद्वारा सामाजिक प्रगति मापन गर्न सकिन्छ ।
- कला जहिले र जहाँ पनि गोप्य स्वीकारोक्ति हो । साथै त्यही अमर आन्दोलन पनि हो ।
- मानसिक पीडाको एक मात्र औषधि शारीरिक पीडा हो ।
- धर्म भनेको जनताको अफीम हो ।
- जनताको खुसीका लागि पहिलो आवश्यकता धर्मको उन्मूलन हो ।
- लोकतन्त्र समाजवादको बाटो हो ।
- चिकित्साले शंका र रोग दुवै निको पार्छ ।
अनुभवले सबैभन्दा बढी खुसी मानिसको प्रशंसा गर्छ, जसले धेरै मानिसलाई खुसी बनाएको छ ।