-सफलताको जन्मदाता हो, साहस ।– विकन्सफील्ड
-सपना नदेखी कुनै पनि काम सुरू हुँदैन ।– कार्ल स्याण्डबर्ग
-ऐना मेरो सबैभन्दा असल मित्र हो किनभने म रूँदा यो कहिल्यै हास्दैन ।– चार्ली च्याप्लिन
-हामीले विश्वास एउटा कुरामा र काम अर्कै गर्यौ भने हामीलाई सुख कहिल्यै प्राप्त हुदैन ।– फ्रेया स्टार्क
-जो जो व्यक्ति संघर्ष गरेर बँच्न सक्षम हुन्छन्, तिनीहरू नै सबैभन्दा योग्य हुन्छन् ।-चार्ल्स डार्विन
-व्यक्तिको पतन र मुक्तिको कारण संसार होइन उसको काम हो ।– हितोपदेश
-जित्नेहरू कुनै फरक काम गर्दैनन्, उनीहरू हरेक काम फरक तरिकाले गर्दछन् ।– शिव खेडा
-महान् चरित्रको निर्माण महान् विचारबाट हुन्छ ।– विवेकानन्द
-काममा व्यस्त व्यक्तिसँग आँशु बगाउने समय हुदैन ।–चाणक्य
-तिमी पलायन हुने प्रयाश नगर, यो दुनिया कायर व्यक्तिको लागि होइन ।– स्वामी विवेकानन्द
-यदि तपाईसित जित्ने आकांक्षा छ भने आधा जीत भैसकेको छ, यदि छैन भने आधा हारिसक्नुभएको छ ।– डेविड एम्ब्रोज
-सबैले उज्यालोमा मात्र साथ दिने हुन्, अँध्यारोमा त आफ्नै छायाँले पनि साथ दिदैन ।– एडोल्फ हिटलर ‘फ्युहरर’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!