महिलाका यि कुरा सुनिदिनु उत्तम कार्य

ByBibas chetan

२३ भाद्र २०७६, सोमबार १४:४७ २३ भाद्र २०७६, सोमबार १४:४७ २३ भाद्र २०७६, सोमबार १४:४७

१. उपहार पाउनु सबैको मन पर्ने बिषय हो । अझ महिलालाई गिफ्ट दिएको साह्रै मनपर्छ । तर गिफ्ट दिँदा दिने व्यक्तिले पूर्व घोषणा नगरी सरप्राइजका रुपमा आफ्नो मनले छानेर दिएको गिफ्टले उनीहरुको मन जित्न सकिन्छ ।
२. अधिकाशं महिलालाई बलिष्ठ र सुगठित शरिर भएका पुरुष मनपर्छ । तर उनीहरुमा महिलालले बौद्धिकता पनि खोज्दछन् । अझ आफ्नो कर्तब्य र जिम्मेवारी निभाउने पुरुष महिलाको प्रथम रुचीमा पर्दछन् ।
३. केही पुरुषहरु आफ्नो बढाईचढाई गरेर कुरा गर्छन्, जो महिलालाई फिटिक्कै मन पर्दैन । महिला साचो सुन्न सक्छन्, झुटो सहन सक्दैनन् । कुरा गर्ने पुरुष भन्दा आफूलाई साँचो माया र हेरचाह गर्ने पुरुष पाए उनीहरु सबै त्याग्न सक्छन् ।
४. महिलालाई आफ्नो परीवार वा आफन्तसँग भेटघाट गराएको र सम्बन्धलाई प्राथमिकता दिएको कुराले चाँडै छुन्छ । अझ महिलाका परिवारलाई आदर गरिदिउन् भन्ने उनीहरुको चाहना हुन्छ ।
५. महिलासँग भेट हुँदा उनीहरुको कुरा सुन्न प्राथमिकता दिने र उनीहरुलाई सम्मानपूर्वक व्यवहार गर्ने पुरुष महिलाको पहिलो छनौट हुन् ।
६. महिलाका लागि आफ्नो आत्मसम्मान अति नै प्यारो हुन्छ । जसलाई उनीहरु कुनै पनि सम्झौता गर्न चाहँदैनन् । त्यसैले महिलालाई खुशी मिल्ने विषयमा पुरुषले रोकेको छेकेको विषय उनीहरुले बाहिरी रुपमा पालना गरे पनि भित्रि रुपमा भने दुखी हुन्छन् ।
७. महिलालाई किनमेल गर्न असाध्यै मनपर्छ । त्यसैले उनीहरु थोरै खर्च भएपनि बजारमा छानीछानी सामान किन्न रुचाउँछन् । अधिकांश बार्गेनि¨ गर्दै सामाग्री किन्नु र हातभरी झोला बोकेर घर फर्कनु एक किसिमले महिलाको चाहाना नै हो भन्दा पनि फरक पर्दैन ।
८. नियमित रुपमा सम्भव नभए पनि कहिलेकाहि महिलाका गुनासोहरु सुनिदिने गर्नुपर्दछ । यसबाट उनीहरुको मनको बोझ हल्का हुने गर्दछ । अन्यथा कुनै बिषयमा मन दुखेको कुरा तपाइले सुन्न वा त्यसको समाधानतर्फ लाग्नु भएन भने उनीहरु टुट्ने गर्दछन् ।
९. महिलालाई शंका गरेको मन पर्दैन । यसको मतलब उनीहरुको गलत क्रियाकलापमा शंका नगर्नुस् भन्ने होइन । तर कुनै विषयमा नाम जोडर लगाइएका आरोप र गरिएका आशंकालाई महिलाले सहन सक्दैनन् ।
१०. महिलालाई उनी प्रति तपाईले गरेको माया देखाउनुपर्ने हुन्छ, बोलेर, लेखेर वा देखिने गरी । त्यसैले उनीसँगको सामिप्यता र प्रेम बढाउन कुनै यस्तो काम गर्नुस् जसका कारण उनले तपाईको प्रेम महशुस गर्न सकुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!