ब्रुस लीका भनाइहरू

ByBibas chetan

२५ भाद्र २०७६, बुधबार ०८:१८ २५ भाद्र २०७६, बुधबार ०८:१८ २५ भाद्र २०७६, बुधबार ०८:१८ #bruce lee, #ब्रुस ली

यदि तपाई कुनै कुराको बारेमा सोच्न धेरै समय खर्च गर्नुहुन्छ भने तपाईले त्यो कहिले गर्नुहुने छैन ।

म तपाईको अपेक्षा अनुरुप बाँच्नका लागि यो संसारमा छैन र तपाई यस संसारमा मेरो अनुरुप बाँच्नका लागि हुनुहुन्न ।

सजिलो जीवनका लागि प्रार्थना नगर्नुहोस् । कठिनाइको सामना गर्न बलका लागि प्रार्थना गर्नुहोस् ।

जति एक मुर्ख मानिसले बुद्धिमानी जवाफबाट सिक्छ त्योभन्दा धेरै बुद्धिमान् मानिसले मूर्खता पूर्ण प्रश्नबाट सिक्छ ।

उपयोगी चिजलाई अवशोषित गर्नुस्, बेकार चिजलाई खारेज गर्नुस् र विशेष गरी तपाईंको आफ्नो चिजलाई जोड्नुस् ।

यदि स्वीकार गर्ने साहस छ भने गल्तीहरू सधैँ क्षमायोग्य हुन्छन् ।

परिस्थितिसँग मलाई मतलब छैन, म अवसरहरू सिर्जना गर्दछु ।

म त्यो मानिससँग डराउँदिनँ, जसले एकपटक १०हजार किक अभ्यास गर्छ । म त्यो मानिससँग डराउँछु जसले १० हजार पटक एक किक अभ्यास गरेको छ ।

अरूका लागि बाँच्नु वास्तविक जीवन हो ।

हामी जति चिजको मोल गर्छौं, आफैँलाई त्यति नै कम महत्त्व दिन्छौं ।

यदि तपाईं जीवनलाई प्रेम गर्नुहुन्छ भने, समय खेर नफाल्नुस् । किनभने जीवन समयले नै बनेको हो ।

देखावटी महिमा मुर्खको विचार हो ।

जीवनको लडाइँहरू सधँै शक्तिशाली वा छिटो मान्छेमा जान्छ भन्ने छैन । तर ढिलो होस् वा चाँडो जो जित्छ, ऊ त्यो मानिस हो जसले सोच्छ कि ऊ सक्छ ।

सफल योद्धा औसत मानिस हो, जोसँग लेजर जस्तै फोकस हुन्छ ।

जान्नु पर्याप्त छैन, हामीले आवेदन दिनैपर्छ । इच्छुक हुनु पर्याप्त छैन, हामीले गर्नैपर्छ ।

अराजकताको बीचमा अवसर छ ।

खुसी हुनुहोस्, तर कहिल्यै सन्तुष्ट नहुनुहोस् ।

सधैँ आफैं हुनुहोस्, आफैँलाई अभिव्यक्त गर्नुहोस्, आफैँमा विश्वास राख्नुहोस् तर बाहिर गएर सफल व्यक्तित्व खोजेर उसको नक्कल नगर्नुुहोस् ।

अमरत्वको कुञ्जी पहिले सम्झन लायकको जीवन जिउनु हो ।

तपाईं पानी जस्तो निराकार हुनुपर्छ । जसरी पानीले भाँडाको आकार लिन्छ, त्यसैगरी तपाईले पनि परिस्थितिअनुसार ढल्न सक्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!