जिम राेह्‍नका चर्चित भनाइहरू

ByBibas chetan

३ मंसिर २०७६, मंगलवार १७:१५ ३ मंसिर २०७६, मंगलवार १७:१५ ३ मंसिर २०७६, मंगलवार १७:१५
  • तिमी जहाँ छौ र तिमीसँग जे छ, त्यहीँबाट सुरु गर।
  • तिम्रो व्यक्तिगत दर्शन नै तिम्रो जीवन कसरी चल्छ भन्ने कुरा निर्धारण गर्ने सबै भन्दा ठूलो कारक हो।
  • सिक्नु भनेको धनको सुरुवात हो। सिक्नु भनेको स्वास्थ्यको सुरुवात हो। सिक्नु भनेको अध्यात्मको सुरुवात हो। खोज्नु र सिक्नुमा नै सम्पूर्ण चमत्कारी प्रक्रियाको सुरुवात हुन्छ।
  • खुसी तिमीले भविष्यको लागि स्थगित गर्ने चिज होइन, यो त तिमीले वर्तमानको लागि बनाउने योजना हो।
  • जीन्दगी भनेको समय खर्च गर्नु मात्र होइन। जीन्दगी भनेको अनुभवहरू र तिनका तिव्रताको सङ्ग्रह हो।
  • तिमी आफ्नो निर्णय रातारात परिवर्तन सक्दैनौ तर आफ्नो दिशा रातारात परिवर्तन गर्न सक्छौ।
  • जति तिमी बढि ख्याल राख्छौ त्यति बढि बलियो बन्न सक्छौ।
  • सफलता न त जादुयी छ न रहस्यमय। सफलता आधारभूतको निरन्तर उपयोगको प्राकृतिक परिणाम हो।
  • यदि तिमी लक्ष्यमा काम गर्छौ भने लक्ष्य तिमीमा काम गर्छ। यदि तिमी योजनामा काम गर्छौ भने योजना तिमीमा काम गर्छ। हामीले निर्माण गरेका राम्रा चिजले हामीलाई निर्माण गर्दछ।
  • अनुशासन भित्र भविष्यका चमत्कारहरू सिर्जना गर्ने सम्भाव्यता छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!