कार्ल सगनका भनाइहरू

ByBibas chetan

२७ मंसिर २०७६, शुक्रबार ०९:०६ २७ मंसिर २०७६, शुक्रबार ०९:०६ २७ मंसिर २०७६, शुक्रबार ०९:०६ #carl sagan, #कार्ल सगन

हामी सबैजना ब्रह्माण्डको परिप्रेक्ष्यमा बहुमूल्य छौं । यदि एक मानिस तपाईंसँग असहमत छ भने उसलाई बाँच्न दिनुहोस् ।

विज्ञान आध्यात्मिकतासँग मात्र मिल्दैन, यो आध्यात्मिकताको गहन स्रोत हो ।
मेरा लागि ब्रह्माण्डलाई बुझ्नु धेरै राम्रो हो, किनकि यो भ्रममा स्थिर रहनुभन्दा पनि सन्तुष्टि र आश्वासन हो ।
असाधारण दाबीहरूलाई असाधारण प्रमाणको आवश्यकता पर्दछ ।
कल्पनाले हामीलाई त्यो संसारमा पु¥याउँछ, जुन पहिले कहिल्यै थिएन । तर यो बिना हामी कहीँ पनि जान सक्दैनौं ।
हामी हाम्रो प्रश्नहरूको साहस र उत्तरको गहिराइले हाम्रो प्रगतिको न्याय गर्न सक्छौँ । ठीक भन्दा सत्यलाई अँगाल्ने हाम्रो इच्छा हो ।
हामी पुतली जस्ता छौं जसले एक दिनका लागि उड्छ र सोच्छ कि यो सदाका लागि हो ।
हामी जस्ता साना प्राणीहरूका लागि विशालता प्रेममार्फत मात्र सहन योग्य हुन्छ ।
विलुप्त हुनु नियम हो । बचाउ अपवाद हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!