१. जो तिम्रो लागि रुदैन, उसको लागि तिमीले आफ्नो आँशु खर्च नगर । –लरेन कनर्याड
२. दुख भनेको दुई बगैचाबीचको पर्खाल जस्तै हो । त्यसलाई पार नगरी तिमी एउटा बगैंचाबाट अर्को बगैंचामा जान सक्दैनौ । –खलिल जिब्रान
३. हामीले दुःखलाई छेक्न बनाउने पर्खालहरुले खुशीलाई पनि टाढा बनाईदिन्छन् । -जिम रोन
४. जे गुमायौ, त्यो सम्झेर दुखी नवन । त्यो अरु कुनै रुपमा फेरी तिमीसँगै आउनेछ । -रुमी
५. आँशु भनेको हाम्रो आत्माको लागि सुख्खायामको वर्षात जस्तै हो । -अल्फ्रेड अस्टिन
६. जब भ्रमको अन्त्य हुन्छ हामी त्यतिवेला सवैभन्दा दुखी हुन्छौं । -अर्थर कोस्टलर
७. तिमी आज अत्तालिएर भोलीको दुःखलाई कम गर्न सक्दैनौ । त्यसो गरेर तिमीले आज पाएको खुशीलाई पनि गुमाइरहेको हुन्छौं । -लिओ बस्काग्लिया
८. रुनु भनेको आफ्नो मन र दिमागलाई सफा बनाउनु हो । –डिओं वार्विक
९. यदि दुःख हुदैन थियो भने खुशीको पनि महत्व हुदैनथ्यो । –कार्ल जंग
१०. दुखी आत्माले रोगले भन्दा छिटो मार्न सक्छ । -जोन स्टेनबेक
Good i like its