स्लो माेवाइल र कम्प्युटरलाई फास्ट बनाउने तरिका

ByBibas chetan

९ माघ २०७६, बिहीबार ०७:४० ९ माघ २०७६, बिहीबार ०७:४० ९ माघ २०७६, बिहीबार ०७:४०

१. अनावश्यक सफ्टवेयरहरु अनइन्सटल
एप्लीकेसन अनइन्सटल गर्नका लागि सबैभन्दा पहिले तपाईं सिधै कम्प्युटरको स्टार्ट बटनमा गएर कन्ट्रोल प्यानल अप्सनमा क्लिक गर्नुहोस् र अनावश्यक सबै सफ्टवेयर अनइन्सटल गर्नुहोस् ।
२. स्टार्टअप प्रोग्राम डिसेबल गर्नुहोस्
यदि तपाईंले भर्खरै नयाँ कम्प्युटर अथवा ल्यापटप किन्नुभएको छ भने त्यसमा यस्ता प्रोग्रामहरु हुने गर्दछ जसले कम्प्युटर अथवा ल्यापटप खोल्ने बित्तिकै सुरु हुने गर्दछ र यदि तपाईंको कम्प्युटरमा कम र्याम र मेमोरी छ भने यसले कम्प्युटरलाई स्लो गर्न सक्दछ । त्यस कारण यसलाई डिसेबल गर्नुहोस् अथवा जब आवश्यक पर्छ त्यतिबेला मात्र यसलाई चलाउनुहोस् ।
३. डिस्क क्लिनअप
यदि तपाईंको कम्प्युटर स्लो छ भने यसलाई डिस्क क्लिनअप अप्सनको सहायताले अफलाइन फाइलहरुलाई सेभ गर्नसक्नुहुन्छ, रिसाइकल बिनलाई खाली गर्न सक्नुहुन्छ जसले कम्प्युटरको गति थोरै भएपनि बढ्न सक्छ ।
४. सिस्टम क्लिनङ सफ्टवेयर
कम्प्युटरमा सफ्टवेयर अनइन्सटल गर्नका लागि तपाईं सिसि क्लिनर, रेगसिकर अथवा आइओबिटजस्ता क्लिनिङ सफ्टवेयरहरु इन्स्टल गर्न सक्नुहुन्छ ।
५. एक्सन सेन्टर ट्रबलसुट
आफ्नो कम्प्युटरको दायाँपट्टि भागमा यदि ध्यान दिएर हेर्ने हो भने तपाईंले एउटा फ्ल्याग अथवा झण्डा देख्नुहुन्छ । यो झण्डामा क्लिक गर्दा एक्सन सेन्टर खुल्नेछ । यदि तपाईंको कम्प्युटरमा कुनै पनि समस्या भएमा ट्रबलसुटमा क्लिक गर्दा कम्प्युटरको त्यो समस्या हट्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!