दियोकाे मनछुने कथा

ByBibas Kulung

८ जेष्ठ २०७७, बिहीबार ०८:४८ ८ जेष्ठ २०७७, बिहीबार ०८:४८ ८ जेष्ठ २०७७, बिहीबार ०८:४८ #आफ्नो न्युज, #आफ्नो समाचार, #दियोकाे काेठा, #प्रेरक कथा

एकजना मान्छे राती झुपडीमा बसेर एउटा सानो दियो जलाएर शास्त्र पढिरहेका थिए । रात छिप्पिसकेको थियो । जब ऊ थाकेछ तब उसले दियोलाई निभाइदियो ।

तर उसले यो देखेर हैरान भयो कि जबसम्म दियो जलिरहेको थियो , पुर्णिमाको चन्द्रमा बाहिर थियो , तर जब दियो निभायो तब चन्द्रमाको किरणहरु कोठामा फैलिएछ । त्यो मान्छे ले यो सोचेर धेरै हैरान भयो कि ” यति सानो दियो ले पुरै चन्द्रमालाई बाहिर रोकेर राखेको थियो ।”

त्यसरी नै हामीले पनि आफ्नो जीवन मा अहंकार र घमण्ड को सानो सानो दियो जलाएर राखेका छौ , जसको कारण ले खुशी , प्रेम र आनन्द बाहिरको बाहिरै उभिएको हुन्छ , जबसम्म मनबाट आफूभित्रकाे घमण्ड त्याग्दैनौ तबसम्म मन शान्त र आनन्दित हुदैन , जब मन शान्त हुन्छ अनि मात्र खुशी र आनन्दको उपस्थित हुन्छ ।

One thought on “दियोकाे मनछुने कथा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!