आँशु आँखाको महान भाषा हो र शब्दहरुको साँचो प्रेम

ByBibas Kulung

२४ जेष्ठ २०७७, शनिबार १०:२६ २४ जेष्ठ २०७७, शनिबार १०:२६ २४ जेष्ठ २०७७, शनिबार १०:२६ #afno news, #Tears, #आफ्नो न्युज, #प्रेरक भनाइहरू, #महान भनाईहरु, #विवश कुलुङ, #सफलता

१. हाँसो भन्दा खुशीको मुस्कान आँसुको नजिक छ ।
२. स्वर्ण पदकहरु पसिना, रगत र आँसुको उपलब्धि हो ।
३. आँशु र पसिना नुनिलो हुन्छन् तर, दुवैले फरक परिणाम दिन्छ । आँशुले सहानुभूति प्राप्त गर्दछ भने, पसिनाले जीवन बदल्छ ।
४. जुनै प्रकारको सुन्दरताको सर्वोच्च विकासमा संवेदनशील आत्मालाई सधैं आँसुको लागि उत्तेजित गर्दछ ।
५. अर्को व्यक्तिको लागि आँसु बगाउँनु कमजोरीको चिह्न होइन । शुद्ध हृदयको प्रतिक हो ।
६. त्यो व्यक्तिको लागि नरोउ जसले तिमीलाई वास्ता गर्दैन ।
७. यदि मैले तिम्रो आँखामा दुःख देख्न सक्छु भने मलाई तिम्रो आँसु बाँड्न देउ ।
८. पश्चाताप गर्ने आँसुले दोषीको दाग धुन्छ ।
९. आँसुको पनि कति धेरै रुप कहिले आनन्दमा खस्छ, कहिले हर्षमा खस्छ त कहिले दुःखमा ।
१०. आफुको लागि आँसु बगाउनु कमजोरी हो तर, अरुको लागि आँसु बगाउनु आफुलाई कठोर बनाउँनु हो ।
११. आँसु पनि शब्दहरु जस्तै हुन् मुखले भन्न नसके पनि बुझ्न सकिने ।
१२. प्राय टुटेको हृदयले आँसु बहाउँछ ।
१३. जीवनमा शरीरलाई हाँसो र आँसु दुवैको आवश्यकता हुन्छ । दुवैले मनलाई सफा गर्ने काम गर्दछ ।
१४. आँसुले भरिएको जीवनले संघर्ष गर्न सिकाउँछ ।
१५. आँसु आँखाको महान भाषा हो र शब्दहरुको साँचो प्रेम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!