माफीकाे महत्त्व र प्रभावसम्बन्धी भनाइहरू

ByBibas Kulung

२२ जेष्ठ २०७७, बिहीबार ०९:४१ २२ जेष्ठ २०७७, बिहीबार ०९:४१ २२ जेष्ठ २०७७, बिहीबार ०९:४१ #i am sorry, #आफ्नो न्युज, #क्षमा याचना, #गल्ति, #प्रेरक भनाइहरू, #माफ, #माफी, #विवश कुलुङ, #सफलता, #सरी

१. गल्तिमा माफी हुन्छ तर धोकमा हुँदैन ।
२. कहिलेकाही माफी पर्याप्त हुँदैन । तपाईं आफूलाई परिवर्तन गर्नुपर्ने पनि हुनसक्छ ।
३. तपाईंले सधैं माफी माग्नुको मतलब यो हुदैँन कि तपार्इं गलत हुनुहुन्छ र अर्को व्यक्ति सही छ । माफीको मतलब यो हो की तपाईं आफ्नो अहंकार भन्दा सम्बन्धको अधिक महत्व राख्नुहुन्छ ।
४. जुन गलत कार्य मैले गरे त्यसले मलाई एकदमै दुःखी तुल्याएको छ , त्यसैले म क्षमा याचना गर्दछु ।
५. म सिद्ध छु ,गल्ती गरेको छैन, मानिसहरुलाई चोट पु¥याएको छैन तर पनि मैले माफी माग्दा कसैलाई खुशी मिल्छ भने म माग्न तयार छु ।
६. समझदार व्यक्तिले जहिले माफी माग्छन् तर, मुर्खहरु भन्छन् माफी ज्ञानी मानिसहरुको लागि मात्र हो ।
७. माफी माग्दैमा तपाईंको मूल्य सानो हुने होइन । यसले त तपाईंको गरिमा बढाउछ ।
८. माफी हत्तपत्त जस्तोसुकै मानिसले भन्दैन जसको लागि त ठूलो हृदय चाहिन्छ ।
९. सच्चा मित्रतामा माफी शब्दको खासै जरुरत पर्दैन ।
१०. साधारण क्षमा याचनाले सम्बन्ध बलियो हुन सक्दछ भने कन्जुसाइ नगर्नुहोस् ।
११. तपाईंलाई लाग्ने हरेक कुराको लागि माफी माग्नु भनेको वास्तविक हुनुको लागि माग्नु जस्तै हो ।
१२. तपाईं हजारभन्दा धेरै तरिकामा माफी भन्न सक्नुहुन्छ । तर, मनबाट आएको हुनुपर्छ ।
१३. बाचाको अर्थ सबै कुरा हो तर, एक पटक त्यो टुट्यो भने माफीको केही पनि मतलब छैन ।
१४. तिमीलाई थाहा छ माफी पनि सधैँ उसले भन्ने गर्छ जसले तिमीलाई आफ्नो अहंकार र आत्म सम्मानभन्दा बढी महत्वपूर्ण ठान्छ ।
१५. माफ माग्नु र दिनु भनेको दुई हृदय एकसाथ हुनु हो ।
१६. माफी शब्द केवल एक शब्द मात्र हो, तर, यो बलवान हुन्छ ।
१७. क्षमाले विगतलाई परिवर्तन गर्दैन तर, यसले भविष्यलाई भने परिवर्तन गर्नेछ ।
१८.उचित क्षमा याचनाको तीन भाग हुन्छन् । १. मैले के गल्ती गरँे २. मलाई नराम्रो लाग्छ तिमीलाई चोट पु¥याएकोमा ३. म कसरी यसलाई अझ राम्रो बनाउन सक्छु ?
१९. गल्ती स्वीकार्नु ठूलो माफी हो ।
२०. निष्कपट र न्यानोपनले माफी माग्दा पीडित आत्माहरुमा शान्ति मिल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!