अब्राहम लिङ्कनको जीवनी र भनाइ

ByBibas Kulung

१३ श्रावण २०७८, बुधबार ०७:५४ १३ श्रावण २०७८, बुधबार ०७:५४ १३ श्रावण २०७८, बुधबार ०७:५४ #नेपाली भनाइ, #मनछुने भना, #महान भनाइ, #राम्रा भनाइ


अब्राहम लिंकनको जन्म सन् १८०९, फेब्रवरी १२ का दिन अमेरिकाको केन्टकी राज्यको हजनभिल्लेमा भएको थियो । उनका बुबा थोमस लिङ्कन र आमा नान्सी ह्याड्ढस् लिङ्कन थिइन् । लिङ्कनका आमाबुबा र दिदी साराले उनलाई माया गरेर ‘अबे’ भनेर बोलाउँथिन् ।

लिंकनका पिता एउटा गरिब किसान थिए । त्यसैले लिङ्कनको बाल्यकाल निकै कष्टकर र दुःखदायी रहेको थियो । उनीहरु बस्ने ठाउँ काठले बनेको एउटा सानो झुप्रो मात्र थियो । उनको बाल्यकालको धेरै अवधि त्यहीँ झुप्रोमा नै बितेको थियो ।

लुगा किन्ने पैसा नभएको कारणले अब्राहम लिंकनले जनवारको छालाको लुगा बनाएर लगाउँथे । उनी आफ्ना पितालाई जमिनको काम गर्न मद्दत पनि गर्थे । उनका बाबुआमा दुबै अनपढ भएको कारणले उनीहरु आफ्ना छोराछोरीले पढ्नुको साटो उनीहरुलाई काम गर्न मद्दत गरोस् भन्ने चाहन्थे ।

काम नगरी हातमुख पनि जोड्न गाह्रो हुने अवस्था भएको कारणले गर्दा लिङ्कनले धेरै समय काम गरेर नै बिताउनु पर्‍यो । उनले एउटै स्कुलमा कहिल्यै पनि राम्ररी पढ्न पाएनन् । महिनैपिच्छै उनले स्कुल परिवर्तन गर्नुपर्थ्यो। तर आफ्नी कान्छी आमाको प्रोहोत्सानमा उनले घरमा स्वअध्ययन गरे ।
तर काम नगरी हातमुख पनि जोड्न गाह्रो हुने अवस्था भएको कारणले गर्दा लिङ्कनले धेरै समय काम गरेर नै बिताउनु पर्‍यो । उनले एउटै स्कुलमा कहिल्यै पनि राम्ररी पढ्न पाएनन् । उनले घरमा स्वअध्ययन गरे । स्कुल नै नगई उनले लेख्न र पढ्न पनि सिके । खेतमा काम गर्दैगर्दा केहीबेर फुर्सद भयो भने पनि उनी हातमा किताब लिएर पढ्न बसी हाल्थे ।

युवा अवस्थामा पुगेपछि लिंकनले डुंगा चलाउने र न्यू ओरलियन्ससम्म कार्गो ओसार्ने काम गर्न थाले । तर आफ्नो स्वअध्ययन भने उनले कहिले पनि छाडेनन् । यसै बेला उनी होटल व्यवसायी जेम्स रट्लेजकी छोरी एनीसँग प्रेम सम्बन्ध भएको कारणले गर्दा शिक्षितहरुको वादविवाद समाजमा सहभागी हुन पाए । उनको वादविवाद गर्ने क्षमता देखेर सबैजना आश्चर्यचकित भए । यसैबेला उनले गणित र व्याकरण सिक्ने अवसर पनि पाए । तर उनले सुरु गरेको कममा भने उनी असफल भए । त्यसपछि त्यो काम छाडेर उनले स्टोरकिपरको काम गर्न थाले । तर सन् १९३२ को अप्रिलमा अमेरिकाका रेड इन्डियन आदिवासीहरुले गोरा शासकहरुले गरेको दमन विरुद्ध गरेको विद्रोह, ब्ल्याक हक क्लारमा भाग लिन परेकोले उनले स्टोरकिपरको काम छाड्न पर्‍यो ।

युवावस्थामा उनले राजनीतिमा प्रवेश गर्ने निर्णय गरे । त्यसअनुरुप उनले इलिनियोस राज्यसभाको चुनावमा सदस्य पदमा उठ्ने निर्णय गरे । तर राजनीतिमा नयाँ भएकोले उनले उक्त चुनावमा नराम्रो पराजय भोग्नुपर्‍यो । चुनावमा हारेपछि उनले फेरि आफ्नो पुरानै स्टोरकिपरको काम गर्न थाले । यसमा उनले विलियम एफ बेरीसँग मिलेर पसल खोले तर त्यसमा पनि ठूलो घाटा खानपुगे । यसको ऋण तिर्नमा उनलाई १५ वर्ष लाग्यो । त्यसपछि उनले जग्गा नाप्ने नापीदेखि लिएर हुलाकी र गणना गर्ने काम गरे । तर सबैमा असफलताको स्वाद चाख्नु

सबैमा असफलताको स्वाद चाख्नु पर्‍यो । उनले राजनीति र पेसा दुवै क्षेत्रमा धेरै असफलता भोग्नु परे पनि उनको आत्मविश्वास कहिल्यै पनि डग्मगाएन । यही आत्मविश्वासका साथ सक्रियताको राजनीतिमा लागि रहे । अन्ततः सन् १८३४ मा इलिनियोस्को प्रतिनिधिसभाको चुनावमा सांसदको रुपमा निर्वाचित हुन पुगे । तर आफ्नो दुब्लो–पातलो अनि अग्लो शारीरिक बनावटका कारण त्यतिबेला उनी निकै चर्चित बन्न पुगे । तर उनी आफूलाई सांसदमा मात्र सीमित राख्न चाहँदैन थिए । उनले सन् १८३६, सन् १८३८ र सन् १८४० मा ह्वीग पार्टीको तर्फबाट चुनाव जित्दै गए । संसदमा पुगेपछि उनले कानुनको पनि स्वअध्ययन गरे ।

सन् १८५८ मा लिंकनले स्टेफन ए डग्लससँग सिनेटर पदका लागि प्रतिस्पर्धा गरे । तर त्यसमा उनी पराजित भए । पछि राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीबाट फेरि स्टेफन डग्लसले उम्मेद्वारी दिए । उनको विपक्षमा रिपब्लिकन पार्टीबाट लिंकनलाई राष्ट्रपति पदको लागि उम्मेद्वार बनाइयो । अन्त्यमा सन् १८६०, नोभेम्बर ६ का दिन राष्ट्रपति पदमा पनि लिङ्कन विजयी भए ।

सन् १८६५ मा अमेरिकामा जारी रहेको गृहयुद्ध पनि अन्त्य भयो । तर दुर्भाग्यवश युद्ध अन्त्य भएको केही दिन पछि नै उनको हत्या गरियो । सन् १८६५, अप्रिल १४ का दिन नाटक हेरिरहेको बेला दासप्रथाको समर्थक तथा कलाकार जोन विल्क्स बुथले लिङ्कनलाई गोली हाने ।

वास्तवमा, अब्राहम लिङ्कनले अमेरिकालाई दासताबाट मुक्ति दिलाएका कारण विश्वभरिका मानिसहरु अझै पनि उनलाई अत्यन्तै आदर, सम्मान र श्रद्धाका साथ सम्झने गर्छन् ।

१. मलाई रुख ढाल्न ६ घण्टा देउ, म पहिलो ४ घण्टा बन्चरो उदाउँन लगाउँनेछु ।

२. मित्र त्यो हो जसको तिम्रो जस्तै समान शत्रू हुन्छ ।

३. भविष्यमा एउटा राम्रो कुरा एकपटक अवश्य आउँछ ।

४. मेरो चिन्ता तिमी असफल भएको प्ति होइन, तर असफलताका बाजुद तिमीले नदिएको निरन्तरता प्रति हो ।

५. अन्त्यमा यो गनिँदैन कि तिमी जिवनमा कति वर्ष बाँच्यौ, बरु यो गनिन्छ तिमी वर्षमा कति वर्ष बाँच्न सक्यौ ।

६. आफैमा विभाजित गृह कहिल्यै पनि माथि उठ्न सक्दैन ।

७. तिमीले सबै व्यक्तिलाई केहि समय र केहि व्यक्तिलाई सधैभरि मूर्ख बनाउँन सक्छौ,तर सबैलाई मूर्ख बनाउन सक्दैनौ ।

८. म अहिले जहाँ छु र जे बन्ने आशामा छु, यसका लागि म मेरी आमाप्रति ऋणी छु ।

९. म मेरी आमाका प्रार्थनाहरु अझै सम्झन्छु जसले मलाई हिँड्न सिकाउँछन् र म बन्नमा हर्दम सहयोग गरिरहन्छन् ।

१०. प्रजातन्त्र भनेको जनताको लागि, जनताद्वारा र जनताले नै शासन गरिन्छ ।

११. कसैले गाली गरे तपाईले प्रेम गर्नुहोस् ।

१२. रिस बाँधेर बस्नु भनेको आगो समातेर बस्नु जस्तै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!