आफ्नै मनछुने भनाइहरू

ByBibas Kulung

१५ कार्तिक २०७८, सोमबार २१:४६ १५ कार्तिक २०७८, सोमबार २१:४६ १५ कार्तिक २०७८, सोमबार २१:४६ #मनछुने कथन, #मनछुने भनाइहरू


एउटा सर्प जसमा विष छैन उसले आफूलाई विषालु भएको देखाउन खोज्नु पर्छ । अर्थात् तपाइको कमजोरी केवल तपाइलाई थाहा हुन सक्छ र अरूको अगाडि त्यो कुरा लुकाउन सक्नु भयो भने कतिपय अवस्थामा फाइदा उठाउन सकिन्छ ।

एउटा फूलको सुगन्ध त्यही फैलिन्छ जहाँ हावा चलेको छ । तर एउटा असल मानिसको गुण सधैँ सबै क्षेत्रमा फैलिन्छ ।

एउटा लोभी मानिसलाई पैसा दिएर फकाउन सकिन्छ, एउटा घमण्डी व्यक्तिलाई झुटो बफादारीले जित्न सकिन्छ I एउटा वेवकुफलाई उसको कुरा स्विकारेर, तर एउटा बुद्धिमान व्यक्तिलाई जित्न केवल सत्यता नै चाहिन्छ ।

एउटा व्यक्ति यस्तो ठाउँमा बस्नु उचित हुन्न जहाँ व्यक्तिलाई कानुन सँगै डर लाग्दैन,जहाँ इज्तको कुनै मूल्य हुँदैन, जहाँ सम्झदार व्यक्ति छैन र कलाको कुनै इज्जत हुँदैन।

सुनको शुद्धता थाहा पाउन सुनलाई पिटिन्छ,पगालिन्छ या काटिन्छ I तर एउटा मानिसको वास्तविक रूप तब मात्र बुझ्न सकिन्छ, जति बेला ऊ कुनै ठूलो विपत्तिमा हुन्छ।

चाणक्यका अनुसार खराब मित्र, खराब पत्नी र खराब विद्यार्थी हुनुभन्दा तपाईँ सँगै कुनै साथी,पत्नी र विद्यार्थी नहुनु नै उचित रहन्छ । जसले तपाइको जीवन राम्रो बनाउनुको सट्टा खराब बनाइदिन्छन ।

जब तपाईँ कुनै काम गर्न सुरु गर्नु हुन्छ तब तपाईँ त्यो कामलाई कहिल्यै आधा,अधुरो नछोड्नुहोस् किनकि जो कामलाई जिम्मेवारीपूर्ण पुरा गर्दछन् उनीहरू नै खुसी सँगै रहन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!