समय महान शिक्षक हो । एडमण्ड वर्क

दौडनु व्यर्थ हो, प्रमुख कुरा त समयमा हिँडनु हो । ला. फान्तेन

ठीक समयमा गरिएको सानै काम पनि ठूलो हुन्छ । योग वशिष्ठ

समयअनुसार मित्रता जोडिन र तोडिन सक्छ । –खप्तडबाबा

प्रतिकुल समयको बेला शत्रुलाई पनि काँधमा राखेर सुम्सुम्याउनुपर्छ । –वेदव्यास

कुनै राम्रो काम थाल्न शुभसाइत कुर्नुपर्दैन, समय पाउनासाथ काम शुरु गर, त्यसैमा तिम्रो भलाइ हुन्छ । –रिसर

समय सबै वस्तुसँग प्रतिबद्ध हुन्छ, समयले संसारलाई अनेकन परिवर्तनको मार्गमा लैजान्छ । गौतम बुद्ध

समयलाई नष्ट नगर किनकि जीवन यसैबाट बनेको हुन्छ ।

आलस्य स्वभाव समयको चोरी हो । यदि मानिसले आजकोे कामलाई भोलिको निमित्त नराखे धेरै खराबीहरुबाट बच्न सक्दछन् । सुकरात

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!