संसारमा यस्ता व्यक्ति थोरै हुन्छन्, जो कठोर तर हितको कुरा गर्छन् । महर्षि बाल्मीकि

मेहनत गर्नाले दरिद्रता रहँदैन । धर्म गर्नाले पाप रहँदैन । मौन रहनाले कलह हुँदैन । र, जागरुक रहँदा भय हुँदैन । चाणक्य

नाम, पद, प्रतिष्ठा, सम्प्रदाय, धर्म, स्त्री वा पुरुष हामी होइनौं न यो शरीर नै हामी हौं । यो शरीर अग्नी, जल, वायु, पृथ्वी, आकाशबाट बनेको हो र अन्ततः यसैमा विलय हुन्छ । तर, आत्मा स्थिर छ र हामी आत्मा हौं । आत्मा कहिल्यै मर्दैन । न यसको जन्म हुन्छ, न मृत्यु । आत्मभावमा रहनु नै मुक्ती हो । श्रीमद्भागवत गीता

हरेक जीवन एउटा संभावना हो । यदि तपाईं त्यो संभावनालाई खुला राख्न चाहनुहुन्छ भने कसैप्रति कहिल्यै कुनै किसिमको धारणा नबनाउनुहोस् । सद्गुरु

जीवनमा एउटा लक्ष्य लिनुहोस, त्यो लक्ष्यलाई दिनरात सोच्नुहोस् । फेरि त्यो लक्ष्यको प्राप्तिको लागि दिनरात जुट्नुहोस् । कुनै पनि हालतमा आफ्नो लक्ष्यबाट भड्किनु हुँदैन । स्वमी विवेकानन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!