बिहानै हिम्मत दिने केही भनाइहरू

ByBibas Kulung

२९ जेष्ठ २०७८, शनिबार ०७:०६ २९ जेष्ठ २०७८, शनिबार ०७:०६ २९ जेष्ठ २०७८, शनिबार ०७:०६ #नेपाली भनाइ, #प्रेरक भनाइ, #बिहानी टिपस, #मनछुने भनइ, #महान भनाइ, #राम्रा भनाइ, #विवश कुलुङ

–यदि तिमी कसैलाई अपमान गर्दैछौं भने तिमीले आफ्नो सम्मान गुमाउँदैछौ ।
–केही नयाँ काम गर्नका लागि तिमी महान हुन आवश्यक छैन । तर, महान हुनका लागि केही नयाँ काम गर्न जरुरी छ ।
–जो आफैमा खुसी हुन्छन्, उनीहरुको संसार पनि खुसी हुन्छ ।
–तिमीले आफ्नो भविष्य बदल्न सक्दैनौं तर प्रवृत्ति बदल्न सक्छौं । जब प्रवृत्ति बदल्छौं, भविष्य आफै बद्लिन्छ ।
–सबैभन्दा तीब्र उही हिँड्छ, जो एक्लै हुन्छ । तर, टाढासम्म उही पुग्छन्, जो सबैलाई साथमा लिएर हिँड्छन् ।
–क्रोधको बेला केही समय रोक्नुपर्छ । गल्तीको बेला केही झुक्नुपर्छ । संसारको सबै समस्या हल हुन्छ ।
–जसलाई जे भन्नुछ भन्न दिनुपर्छ, तिमीलाई के फरक पर्छ । यो समय–समयको कुरा हो, सबैको समय आउँछ ।
–सबैलाई त्यही तराजुमा तौलिनुपर्छ, जहाँ हामी आफुलाई तौलने गर्छौं । तब मान्छे त्यती खराब पनि हुँदैनन्, जति हामी सम्झने गर्छौं ।
–खुसीबाट सन्तुष्ट मिल्छ, सन्तुष्टबाट पनि खुसी मिल्छ । तर, यसमा धेरै फरक के छ भने खुसीले थोरै समयका लागि सन्तुष्ट मिल्छ । जबकी सन्तुष्टिले सधैका लागि खुसी दिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!