सफलतका लागि आजै त्याग्नुस् यी ५ कुराहरू

ByBibas Kulung

१८ फाल्गुन २०७७, मंगलवार १३:०४ १८ फाल्गुन २०७७, मंगलवार १३:०४ १८ फाल्गुन २०७७, मंगलवार १३:०४

सजिलो र छोटो बाटोप्रतिको आकर्षण त्याग्नुहोस्‌
सफलता सजिलोमा छैन। यदि सजिलो र छोटो बाटो रोज्नुभयो भने तपाईं क्षणिक सुखमा भुलेर आफ्नो जीवनलाई सिमित
घेराबन्दीमा राख्नुहुन्छ।

चियागफ, टेलिभिजन र सामाजिक संजालको नसा त्याम्नुहोस्‌ ।

साथीहरुसँगको चियागफ, टेलिभिजन, सामाजिक संजाल आदि नराम्रा कुरा होइनन्‌। तर हामीले धेरै समय यी कुरामा
बिताउन थाल्यौं भने त्यो हाम्रो लागि नसा बन्छ। हाम्रो दिन रमाइलोमा त गुज्रिन्छ तर यो नसालै हाम्रो भविष्य भने अन्योलमा
पुर्याइदिज्छ।

गुनासो गर्ने, बाहना बनाउने र परनिर्भर रहने बानी त्याग्नुहोस्‌

गुनासो गर्ने, बहाना बनाउने र परनिर्भर रहने व्यक्तिले आफैलाई आफैले ठगिरहेको हुन्छ। त्यसो गर्नु भनेको आफैलाई
पछाडी पर्नु हो। व्यक्ति तब मात्र आमनिर्भर, बलियो, अनुभवी र साहसी बन्छ, जब उसले आफ्नो जिम्मेवारी बहन गर्दै
चुनौतीको सामना गर्छ ।

मोजमस्ती र भड्किलो जीवनशैली त्याग्नुहोस्‌

फजुल खर्च गर्ने पैसा तपाईंले जम्मा गरेर लगानी गर्नुभयो भने त्यसले भविष्यमा तपाईंलाई राम्रो प्रतिफल दिन सक्छ।
र, भोलि तपाईंले त्यौ जीवनशैली पाउन सक्नुहुन्छ, जुन तपाईंले आज कत्पना पनि गर्नुभएको छैन। तर आजको फजुल
खर्चले तपाईंलाई सधै जहाँको त्यहीं राखिदिन्छ ।

भोलिवादी बानी त्याग्नुहाेस् । 

आजको काम भोलि सार्ने बानीले हामीलाई अस्तव्यस्त बनाउँछ। यसले गर्दा हाम्रो उत्पादनशीलतामा कमी आउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!