मनछुने उपयोगी भनाइहरू

ByBibas Kulung

२० असार २०७७, शनिबार १४:४५ २० असार २०७७, शनिबार १४:४५ २० असार २०७७, शनिबार १४:४५ #प्रेरक भनाइहरू, #मनछुने भनाइहरू, #राम्रा भनाइहरू, #विवश कुलुङ, #सफलता

-आफ्नो भलाइ चाहन्छौ भने केही काम गर , अल्छिपना त्याग तिमीले सबै पाउने छौ । – टिंगसन
-जे भयो भइसक्यो त्यसलाई भुलीदिनु , काम गर अझै समय छ । – एड्गर एलन
-के भाग्य ईश्वरको हातमा छ ? होइन यो त अल्छिहरुको नारा हो । नत्र सबै कर्म्यठ ब्यक्तीहरुको भाग्य सधैं उज्ज्वल किन हुन्छ र –बर्डसवर्थ
-मनको भावनाको दशाको नामनै सुख र दु:ख हो । – ईबने बतुता
-स्वास्थ्य छ त सबै छ स्वास्थ्य छैन त केही छैन । – लाँगफेलो
-स्वास्थ्य मानिसले नै जीवनमा प्रगती गर्न सक्छ । – डाक्टर हार्मोन
-जुन काम तिमी आज गर्न सक्छौ त्यसलाई कहिल्यै भोलिका निम्ती नछोड । – वेन्जामिन फ्रेंकलिन
-ज्ञान नै शक्ति हो । – फ्रान्सिस बेकन
-आफू नै त्यो परिवर्तन बन जुन तिमी संसारमा देख्न चाहन्छौ । – महात्मा गान्धी
-यदि तपाई सत्य बोल्नुहुन्छ भने तपाईलाई कुनै पनि कुरा याद राख्नुपर्नेछैन । – मार्क ट्वेन
-त्यो काम रोज जुन तिमीलाई हृदयदेखि नै मन पर्दछ, त्यसपछि तिमीलाई जिन्दगीभर एक दिन पनि काम गर्नुपर्नेछैन । – कन्फ्युसियस
-जित्नेहरू कुनै फरक काम गर्दैनन्, उनीहरू हरेक काम फरक ढंगले गर्दछन् । – शिव खेडा
-तपाईको अनुमति विना कसैले तपाईको अपमान गर्न सक्दैन ।  – इलेनोर रूजवेल्ट
-गल्ती गर्नु मानवीय कर्म हो र क्षमा गर्नु इश्वरीय कर्म । – अलेक्जेण्डर पोप
-यदि आफैलाई सच्चा प्रेम गर्दछौ भने तिमीले अरूलाई पिडा दिन सक्दैनौ । – भगवान गौतम बुद्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!