गौतम बुद्धका अमर वाणीहरू

ByBibas Kulung

६ मंसिर २०७७, शनिबार ०८:५९ ६ मंसिर २०७७, शनिबार ०८:५९ ६ मंसिर २०७७, शनिबार ०८:५९ #गौतम बुद्ध, #गौतम बुद्धका भनाई, #गौतम बुद्धका वाणीहरू, #महान भनाई, #राम्रा भनाई, #सफल भनाई

जागा व्यत्तिको रात लामो हुन्छ । थाकेकाको लागि बाटो लामो हुन्छ र धर्म नजान्ने व्यत्तिका लागि जीवन नै लामो हुन्छ ।

व्यक्तिले प्रेमले क्रोधलाई, सदाचारले पापलाई, दानले लोभलाई र सत्यले मिथ्या भाषणलाई जित्न सक्छ ।

जहाँ प्रेम छ त्यहीँ जीवन छ । जहाँ घृणा छ त्यहाँ विनाश छ ।

त्यो वीर होइन जसले हजारौँलाई जित्दछ, त्यो वीर हो जसले मनलाई जित्दछ ।

सत्य बोल्नको लागि असत्यको त्याग गर्नुपर्दछ ।

अर्काका कमी कमजोरीलाई नहेर । तिनका कर्म अकर्म नहेर । आफ्नै कमीकमजोरी र आफ्नै काम कर्मलाई हेर ।

जसमा सत्य छ, शील छ, करुणा छ, संयम छ, शुद्धि छ, बुद्धि छ त्यो वास्तविक बुद्ध हो ।

धेरै बोल्नाले कोही पण्डित हुदैन । जो क्षमाशील छ, जो घुणा र भयबाट मुक्त छ त्यसैलाई पण्डित भनिन्छ ।

उच्च जीवनस्तर होइन बरु उच्च आचरण सुखको मूल मन्त्र हो ।

खाली पेटमा कोही बुद्धिमान बन्न सत्तैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!