१. पुस्तक एउटा यस्तो उपहार हो जुन पटक पटक खोल्न सकिन्छ । – ग्यारीसन कैलर
२. एउटा पुस्तक बराबरको वफादार मित्र अर्को कोही छैन । – अर्नेस्ट हेमिङ्ग्वे
३. म पुस्तकविना बाँच्न सक्दिन । – थोमस जेफर्सन
४. केही पुस्तक चाख्नका लागि हुन्छन्, केही निल्नका लागि तर थोरै मात्र पुस्तक चपाउन र पचाउनका लागि हुन्छन् । – फ्रान्सिस बेकन
५. पुस्तकलाई जलाउनुभन्दा ठूलो अपराध हो यसलाई नपढ्नु । – जोसेफ ब्रोड्स्की
६. जसरी तलवारलाई तिखो बनाउन ढुंगाको आवश्यकता पर्दछ उसरी नै मस्तिष्कको लागि पुस्तक । – जर्ज आर्. आर्. मार्टिन
७. पुस्तकले संसारलाई सासन गर्दछ । – भोल्टेएर
८. सबैभन्दा राम्रो पुस्तक त्यो हो जसले तपाईले पहिल्यै जानेको कुरा बताउदछ । – जर्ज अर्वेल