शान्ति र सुख बाह्य वस्तु होईनन् । ती त तिमीभित्रै रहन्छन, तिनलाई चिन्नुपर्ने कुरा मात्र हो ।
सांसारिक वस्तुबाट मुक्तिको तीब्र ईच्छा हुनुपर्दछ ।
सेवा गर्ने हात स्तुति गर्ने ओठभन्दा अधिक पवित्र छन ।
धर्मबाट अर्थ पैदा हुन्छ । धर्मबाट सुख प्राप्त हुन्छ । धर्मबाट मानिसले सबथोक प्राप्त गर्दछ । धर्म जगतको सार हो ।
लोक तथा परलोकसम्बन्धी कुनै पनि वस्तुका प्रति आसक्ति हुनु हुदैन ।
संसारका सबै आनन्द क्षणिक र अस्थायी छन् । जबकि आध्यात्मिक आनन्द कल्याणकारी छ । अतः संसारका सुखसँग स्वयमलाई पूर्णतः हटाएर आध्यात्मिक आनन्दमा रमण गर्नुपर्दछ ।
मन र ईन्द्रियलाई सांसारिक सुखबाट विरक्त नपारी आधत्मिक ज्ञानमा प्रवेश सम्भव छैन ।
आत्म साक्षात्कारका लागि यो आवश्यक छ कि व्यक्तिले केवल सत्यानुचरण गरोस र ब्रह्मचर्यको पालन गरोस ।
गुरुमा पूर्ण विश्वास गर, यही नै साधना हो । गुरुमा सबै देवता निवास गर्दछन् ।
संसारमा बस तर संसारलाई आफूभित्र बस्न नदेऊ । यहि विवेकको लक्षण हो ।