पढ्नै पर्ने ७ प्रेरक भनाइहरू

ByBibas Kulung

२३ पुष २०७७, बिहीबार १६:२१ २३ पुष २०७७, बिहीबार १६:२१ २३ पुष २०७७, बिहीबार १६:२१ #अमर भनाइहरू, #नेपाली भनाई, #प्रेरक भनाई, #महान भनाई, #माहान भनाई, #सफल भनाइहहरू

-एउटा लोभी मानिसलाई पैसा दिएर फकाउन सकिन्छ, एउटा घमण्डी व्यक्तिलाई झुटो बफादारीले जित्न सकिन्छ I एउटा वेवकुफलाई उसको कुरा स्विकारेर, तर एउटा बुद्धिमान व्यक्तिलाई जित्न केवल सत्यता नै चाहिन्छ ।
-जसरी एउटा व्यक्तिलाई आँखा खुला राखेर हिँड्न र सफा पानी पिउन जरुरी छ I ठिक त्यसै गरी कुनै कदम उठाउनु अघि त्यसको परिणाम के हुन सक्छ बुझ्नु महत्त्वपूर्ण हुन्छ।
-एउटा ज्ञानीको शक्ति उसको ज्ञानमा हुन्छ, एउटा व्यापारीको शक्ति उसको पैसामा, एउटा सेवकको शक्ति उसको सेवामा हुन्छ I
-जो मानिसले हरेक नारीलाई आफ्नै आमा या दिदी-बहिनी देख्दछ, जो मानिसले अरूको धन-सम्पत्ति देखेर जल्न छाड्छ र जो मानिसले आफ्नो अन्तर आत्मा अरूमा देख्न थाल्यो बुझ्नुहोस् कि त्यो मानिसले जीवनलाई बुझिसक्यो।
-जसरी एउटा जड्डीयाले सत्यता बुझ्न सक्दैन ठिक त्यसैगरि एउटा स्वार्थी व्यक्ति आफ्नो निश्चित स्वार्थका कारण सत्यलाई कहिल्यै बुझ्न सक्दैन ।
-व्यक्तिले कहिले पनि आफ्नो भविष्यलाई लिएर चिन्चित हुनु हुँदैन I आफ्नो भूतलाई लिएर पछुताउनु हुँदैन I केवल आफ्नू वर्तमानमा केन्द्रित रहनु आवश्यक छ । त्यसलाई नै सही तरिकाले प्रयोग गर्नु जरुरी हुन्छ किनकि यही तरिका हो जसले व्यक्तिको भविष्य उज्ज्वल बनाउछ ।
-एउटा काग जति नै अग्लो पहाडमा गएर बसे पनि ऊ चिल बन्न सक्दैन । ठिक त्यसै गरी एउटा व्यक्तिको महानता उसको गुणले निर्धारण गर्छ; उसको स्तरले हैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!