रुमीका महान २० भनाइहरू

ByBibas Kulung

७ जेष्ठ २०७८, शुक्रबार १३:३३ ७ जेष्ठ २०७८, शुक्रबार १३:३३ ७ जेष्ठ २०७८, शुक्रबार १३:३३ #प्रेरक भनाई, #मनछुने भनाई, #महान भनाई, #राम्रा भनाई, #रुमीका महान २० भनाइहरू


१.जबसम्म यो खुल्दैन तबसम्म आफ्नो मनलाई छियाछिया बनाइरहुँ ।

२.तिमीले भोगेका पीडा मात्र संन्देशवाहक हुन् । यीनलाई सुन्ने मात्र कोशिस गर ।

३.तिम्रो हृदय सागर जस्तै गहिरो छ । आफूलाई त्यो गहिराइमा खोज्ने प्रयास गर ।

४.प्रेमको अगाडि कारणको कुनै शक्ति हुँदैन ।

५.तिमी जहाँ हुन्छौ, जे गर्छाै प्रेममा हुने गर ।

६. हो मलाई थाहा छ तिमी थकित छौ । तर पनि आउ अगाडि बढ किनभने यो नै तिम्रो बाटो हो ।

७. गुडबाई भन्ने तिनीहरुलाई मात्र हो । जसले आँखाले प्रेम गर्छन् । तर जसले हृदय देखि प्रेम उनीहरुको निम्ती बिछोड भन्ने नै हुँदैन ।

८.आफ्नो तर्क बढाउनु, स्वर होइन । यो ख्याल राख वर्षाले फूललाई बढ्न मद्दत गर्ने हो चट्याङले होइन ।

९.जति पनि राम्रा,सुन्दर र आकर्षक बनेका छन् ति हेर्नका लागि मात्र हुन् ।

१०.तिमी जन्मदै पखेटा लिएर उड्न आएका हौ । तव किन जिन्दगी भर घिस्रिन रुचाउँछौ ।

११.कहिल्यै आफूलाई सानो नठान, आनन्दको गतिमा तिमी पनि एउटा ब्रह्माण्ड हौ ।

१२.तिमीले जे खोजिरहेका छौ, त्यसले पनि तिमीलाई खोजिरहेको छ ।

१३.चिन्ता नगर, तिमीले जे गुमायौ त्यो पुनः अर्काे रुपमा तिमीसामु आइपुग्छ ।

१४. हिजो म बाठो थिएँ त्यसैले संसार बदल्न चाहान्थेँ, आज म समझदार भएको छु त्यसैले म आफूलाई बदलिरहेछु ।

१५.कसैले तिमीलाई दुःखी बनाउँछ भने त्यसको वास्ता नै नगर ।

१६. कुनै पनि कुरा टल्काउनका लागि घोट्नै पर्छ ।

१७. यो कुरा विचार गर, तिमी समुद्रको थोपा होइनौ,तिमी थोपा भित्रको एउटा विशाल समुद्र हौ ।

१८. अब तिम्रो विगत कथा जस्तै बनेको छ । आज त नयाँ बिउहरु धमाधम उम्रिदैछन् ।

१९.आफूलाई विश्वास गर्न र आफ्नो मनको कुरा सुन्न सिक्नुहोस् ।

२०.तपाईंले आफूभित्रको सोचाई र संसारलाई आफ्नो चाहना अनुसार राख्न सक्नुभयो भने परिस्थितिहरु तपाईंतिर ढल्कनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!