संकलित महान भनाइहरू

ByBibas Kulung

९ असार २०७८, बुधबार २०:१० ९ असार २०७८, बुधबार २०:१० ९ असार २०७८, बुधबार २०:१० #प्रेरक भनाइ, #मनछुने भनाइ, #महान भनाइ, #राम्रा भनाइ, #सपल भनाइ

-जीवनको सही आनन्द लिनका लागि आर्थिक स्थिति होइन, मानसिक स्थिति सही हुनुपर्छ ।
-पैसाले नयाँ–नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।
-कुनै पनि व्यक्तिको खराब कुरा गर्नु आम मानिसको प्रवृत्ति हो । तर खराब कुरामा राम्रो कुरा खोज्नु खास व्यक्तिको गुण हो ।
-इच्छा पुरा नहुँदा क्रोध बढ्छ । इच्छा पुरा भएपछि लोभ बढ्छ । त्यसैले जीवनलाई हरेक स्थितीमा धैर्य बनाइराख्नुपर्छ ।
-सानोतिनो कुरा मनमा राख्नाले ठूलो–ठूलो सम्बन्ध कमजोर हुनसक्छ ।
-मैले यो सिकें कि डर नहुनु बहादुरी होइन । बरु डरमाथि विजय प्राप्त गर्नु बहादुरी हो ।
-जीवनमा समस्याबाट भाग्नु अर्को समस्यालाई जन्म दिनु हो । हरेक समस्यासँग जुध्नुपर्छ । किनभने हरेक समस्याले अवसर पनि बोकेर आएको हुन्छ ।
-तपाईं यो नसोच्नुहोस् कि ‘मैले के गुमाएँ ?’ बरु यो सोच्नुहोस् कि तपाईंसँग त्यस्तो के छ, जो दुनियाँ खोज्न चाहन्छन् ।
-जीवनमा कठिनाई हामीलाई दुख दिनका लागि आएको हुँदैन । यो त हामीभित्र लुकेको सामर्थ्य र शक्तिलाई बुझ्न आएको हाे । त्यसैले धैर्यता गरौं ।
-पैसा तपाईंको सेवक हो, यदि त्यसलाई उपयोग गर्नु जन्नुभयो भने । पैसा तपाईको मालिक हो, यदि त्यसलाई प्रयोग गर्न जान्नु भएन भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!