नेपालले सगरमाथाकाे उचाइ किन मापन गर्नु पर्‍यो

ByBibas chetan

८ जेष्ठ २०७६, बुधबार २३:१५ ८ जेष्ठ २०७६, बुधबार २३:१५ ८ जेष्ठ २०७६, बुधबार २३:१५

नेपाल आफैँले यस अगाडी सगरमाथाको उचाइ मापन गरेको छैन।

विश्वको सर्वोच्च शिखरको पहिचान भएपछि त्यो हिमाली चुचुरोलाई अङ्ग्रेजहरूले माउन्ट एभरेस्ट नाम दिए।

इतिहास शिरोमणि बाबुराम आचार्यले त्यसलाई नेपाली नाम दिए।

सगरमाथाको पहिलो मापन सन् १९५० को दशकमा भारतको सक्रियतामा भएको थियो। त्यसपछि त्यसको उचाइ ८,८४८ मिटर भनियो।

नेपाल र बाँकी विश्वले त्यही उचाइ स्वीकार गर्‍यो।

भूगर्भविद्हरूचाहिँ हिमालय क्षेत्र मुनितिर रहेको भूगर्भमा भारतीय र युरेशियाली प्लेटको हलचल जारी रहेको र त्यसले गर्दा हिमालयको उचाइ बढिरहने हुन सक्ने ठान्दछन्।

सन् १९९९ मा अमेरिकाको न्याशनल जिओग्राफिक सोसाइटीले जीपीएसको सहयताले सगरमाथाको उचाइ ८,८५० मिटर रहेको निष्कर्ष निकालिदियो।

त्यसलाई नेपालले स्वीकार गरेन।

सन् २००५ मा चिनियाँ नापी सर्भेपछि ‘चुमोलोमा’ अर्थात सगरमाथाको उचाइ ८,८४४ जति रहेको र त्यसमा हिउँको उचाइ चार मिटर जति रहेको निष्कर्ष निकालियो। उचाइ विवाद झनै चर्किन पुग्यो।

सन् २०१० तिर मात्रै सगरमाथाको उचाइ पुन: ८,८४८ मिटर नै हो भन्ने सहमति जुट्यो।

-bbc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!