सिकाइ

ByBibas chetan

१४ असार २०७६, शनिबार १०:११ १४ असार २०७६, शनिबार १०:११ १४ असार २०७६, शनिबार १०:११ #प्रेरक भनाइ, #प्रेरणाा, #महान भनाइहरू, #महानता, #सफलता


जब हामीहरू आकाश छुन चाहन्छौ, तब क्षितिजलाई पछ्याउँछौ । त्यसैले त्यो क्षितिजमा पुग्न दौडिन्छौ तर, जबव आफ्नो सम्पूर्ण शक्ति लगाएर टाढाबाट देखेको त्यो आकाश र घर्ती छोइएको ठाउँमा पुग्छौ, आकाश त झनै परको अर्को क्षितिजमा जोडिएको देख्छौ ।

अनि फेरि त्यही डाँडालाई पछ्याउन दौडिन्छौ जहाँ जमिनले आकाश छोएको हुन्छ । तर फेरि त्यहाँ पुग्दा पनि परिणाम उही नै दोहोरिन्छ । अन्तत: जति प्रयास गरे पनि हामीले आकाश छुन सक्दैनौं ।

किनकि आकाश कुनै भौतिक कुरा होइन । त्यसैगरी हाम्रो जीवनमा पनि कतिपय त्यस्ता लालसाका आकाशहरू छन्, जसलाई छुन दौडिँदा-दौडिँदा हाम्रो सुन्दर र मूल्यवान जीवन ध्वस्त भइरहेको हुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!