खुम्बु पासाङल्हमु गाउँपालिकाले एकैदिन चार कार्यक्रम उदघाटन गर्ने

ByBibas chetan

१३ फाल्गुन २०७५, सोमबार २२:४८ १३ फाल्गुन २०७५, सोमबार २२:४८ १३ फाल्गुन २०७५, सोमबार २२:४८

काठमाडौ : सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिकाले एकैदिन चार वटा कार्यक्रम उदघाटन गर्ने भएको छ । यही फागुन २५ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा कार्यक्रम उदघाटन गर्न लागिएको खुम्बु पासाङल्हमु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार खरिखोला समुदायिक अस्पताल भवनको शिलान्यास, मेरापिक टे«किङ टे«ल, अजम्बरी दलित गुठी भवन, र नेपाल इन्भेष्टमेन्ट बैकको शाखा कार्यालय एकैसाथ उदघाटन गर्न लागिएको हो ।
खरिखोला माध्यमिक विद्यालयमा हुने कार्यक्रममा संघीय सांसद हेमकुमार राई तथा प्रदेश सांसदहरु बुद्धिकुमार राजभण्डारी र उत्तम बस्नेत पनि सहभागी हुनुहुनेछ ।

मेरापिक टे«किङ टे«लमा करिब साढे १ करोड लगानी
खुम्बु पासाङ ल्हमु गाउँपालिकाले मेरापिक पर्यटकीय पदमार्ग निर्माणका लागि करिब साढे १ करोड लगानी गरेको छ । गाउँपालिकाले विभिन्न चरणमा गरी हालसम्म १ करोड ४३ लाख रुपैयाँ लगानी गरेको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार खरिखोला देखि पाङगोम सम्मको करिब ४ किलोमिटर पदमार्ग निर्माणका लागि उक्त रकम खर्च गरिएको छ ।
मेरापिक टे«किङ टे«ल अन्तर्गत खुम्बु पासाङल्हमु, माप्या दुधकोशी र महाकुलुङ गाउँपालिकाको क्षेत्र पर्ने भएकाले पदमार्ग निर्माणमा पनि तीनै वटा गाउँपालिकाले लगानी गर्ने अध्यक्ष शेर्पाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!