संकलित महान भनाइहरू

ByBibas Kulung

२५ असार २०७८, शुक्रबार ०९:०१ २५ असार २०७८, शुक्रबार ०९:०१ २५ असार २०७८, शुक्रबार ०९:०१

शरीरमा चोट परेकाे निको हुन्‌ थाल्दछ तर मनमा परेकाे चोट सधै रहिरहन्छ । – मिनेको
इस्वास्सी

जबसम्म तिमीले कसैलाई गुमाउदैनौ तबसम्म उसको महत्व बुझ्न सक्दैनौ । – महात्मा गान्धी

जसले आशु पुछ्दैनन उनिहरुले देख्दैनन । – भिक्टर ह्युगो

कहिल्यै प्रेममा नपर्नु भन्दा प्रेममा परेर बिछोडलाई सहनु धेरै राम्रो । – अल्फ्रेड लर्ड टेनीसन्‌

जबसम्म विछोड हुदैन तबसम्म प्रेम आफैले आफ्नो गहिराइ थाहा पाउन सकेको हुँदैन । –
खलिल जिब्रान

मानिस रुन्छन तर कमजोर भएर रोएका होइनन्। उनी धेरै समयसम्म कठोर
बनिरहनु परेकोले रोएका हुन् । – जोनी डिप

जान्नको लागि पिडा पाउनु पर्दछ । उठ्नको लागि खस्नुपर्दछ । किनकि जीवनका

धेरैजसो पाठहरु पिडाको माध्यमबाट नै सिक्न सकिन्छ । – बोना मोहम्मद

हरेक सुन्दर चिजको पछाडि त्यहाँ केही न केही पिडा लुकेकै हुन्छ । – बब डाइलन

जीवनको दुखान्त यो होइन कि जीवन छिटै सकिन्छ, बरु यो हो कि हामीले जीवन बाच्न निकै ढिलो गर्दछौ । – विलियम माथर लुइस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!