‘अज्ञात’का भनाइहरू

ByBibas Kulung

९ कार्तिक २०७८, मंगलवार १६:११ ९ कार्तिक २०७८, मंगलवार १६:११ ९ कार्तिक २०७८, मंगलवार १६:११ #अज्ञात, #अज्ञातका भनाइहरू, #अज्ञातका भनाईहरु, #के हाे अज्ञात, #को हो अज्ञात

भिड जहिले पनि त्यही बाटोमा हिँड्छ, जुन बाटो सजिलो छ । तर, यसको मतलब यो होइन कि भिड सधैँ सही बाटोमा हिँड्छ ।

यदि हामी समाधानको अंग होइनौं भने यसको अर्थ हामी स्वयं नै समस्या हौं ।

खुसी त्यही व्यक्तिलाई प्राप्त हुन्छ, जो अरुको खुसी देख्न चाहन्छ ।

जीवनमा कठिनाई बर्बाद गर्नका लागि होइन, हाम्रो सामर्थ्य र शक्ति पैदा गर्न आउँछ ।

म गर्न सक्छु, यो विश्वास हो । केवल मैले मात्र गर्न सक्छु, यो अन्धविश्वास हो ।

जो व्यक्ति परिवर्तनसँग डराउँछ, मेहनत गर्न जाँगर चलाउँदैन, ऊ कहिले पनि आफ्नो जीवनमा सफल हुँदैन । यो मानिसको सबैभन्दा ठूलो कायरता हो ।

जीवनमा जब ठूलो कुरा प्राप्त हुन्छ, तब सानो कुरालाई नभुल्नु । किनकी जहाँ सुईको काम जहाँ हुन्छ, त्यहाँ तरवारको अर्थ हुँदैन ।

अज्ञानी हुनु त्यति लाजमर्दो कुरा होइन, जति जान्ने इच्छा नराख्नु हो ।

सानोतिनो असफलतामा जो डराउँछन्, उनीहरु जीवनभर मुकदर्शक बनिरहन्छन् ।

कुनैपनि काम सुरुवात गर्नका लागि महान हुनु जरुरी छैन । तर, महान हुनका लागि सुरुवातको जरुरत छ ।

आधा दु:ख गलत मानिससँग भरोसा राख्दा हुन्छ, बाँकी दुख सत्य मानिसमाथि संशय गर्दा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!