स्मार्ट लाइसेन्स नै नक्कली, नक्कली भएको यसरी पत्ता लाग्यो

ByBibas chetan

३१ असार २०७५, आईतवार ०८:३२ ३१ असार २०७५, आईतवार ०८:३२ ३१ असार २०७५, आईतवार ०८:३२

नक्कली सवारीसाधन चालक अनुमतिपत्र (लाइसेन्स) नियन्त्रण गर्न सरकारले प्रयोगमा ल्याएको ‘स्मार्ट लाइसेन्स’ नै नक्कली बन्ने गरेको भेटिएको छ । नक्कली ‘स्मार्ट लाइसेन्स’ प्रयोग गरी सवारीसाधन चलाउँदै आएका केही अभियुक्त पक्राउ परेपछि घटना पुष्टि भएको हो । यो खबर आजको नयाँ पत्रिका दैनिमा छापिएको छ ।

लाइसेन्स नक्कली भएको यसरी पत्ता लाग्यो

ट्राफिक नियम उल्लंघनको आरोपमा पक्राउ परेका चक्रको स्मार्ट लाइसेन्स विशेष परीक्षणपछि नक्कली भएको खुलेको हो । मनोज पनि ट्राफिक नियम उल्लंघन गरेपछि फन्दामा परेका थिए । उनको लाइसेन्स यातायात व्यवस्था विभागमा परीक्षण गर्न पठाएपछि नक्कली भएको पुष्टि भएको थियो ।

नुवाकोटका मनोजले ९० हजार रुपैयाँ तिरेर किनेको ०१–०६–००२५१०८ नम्बरको स्मार्ट लाइसेन्स परीक्षण गर्दा सो नम्बरमा लाइसेन्स लिने अरू नै व्यक्ति रहेछ ।

One thought on “स्मार्ट लाइसेन्स नै नक्कली, नक्कली भएको यसरी पत्ता लाग्यो”
  1. एउटा लाईसेन्सको लागी ९० हजार चाही गफै होला त्यत्रो महँगो कसैले तिर्दैन अर्को कुरो समचार नै अपुरो छ कमसे कम कि समचार प्रकाशन गर्दा कि बिस्तृत रुपमा गर्नु होईन भने यो २ शब्दको अपुरो समचार प्रकाशित नगर्नु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!